"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
नेपालमा वि.स. २०४७ सालको प्रजातान्त्रिक संविधानले नागरिकलाई लेख्ने र बोल्ने स्तन्त्रताको पत्याभुति दिलायो । यसको फलस्वरुप नेपालमा पत्र-पत्रिकाको प्रकाशन तिव्ररुपमा हुन थाले । त्यसै बेलादेखि [[नेपाल वातावरण पत्रकार समूह]] (नेवापस)ले नेपालमा एफ.एम. प्रविधीको रेडियो भित्र्याउन प्रयास शुरु गरेको थियो । वि. स. २०४९ सालमा राष्ट्रिय संचार निति २०४९ जारी भयो। यसमा एफ एम रेडियो सञ्चालन गर्न पाइने कुरा उल्लेख गरिएको थियो । यसैलाई आधार मानेर नेवापसले एफ एम रेडियो संचालन अनुमति लागि सरकार समक्ष निवेदन दियो । त्यति बेला निति थियो । तर ऐन थिएन । त्यसैले अनुमति पाउन सकेन । जब ऐन बन्यो। ऐन बनेपछि नेवापसले संचालन अनुमतिका लागि निवेदन हाल्यो । तर नियमावली नभएको कारणले एफ एम रेडियो संचालन अनुमति पाउन सकेन नेवापसले । नियमावलीका लागि नेवापसले नै लविङ शुरू गर्यो । नियमावली पनि आयो । तर पनि एफ एम रेडियो संचालन अनुमनि पाएन । यो अवधिमा नेवापसले एफ एम रेडयोलाई चाहिने सम्पुर्ण औजारहरू जुटाइसकेको थियो ।
 
पटक–पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.सं. २०५२ [[चैत|चैत]] २० र २१ गते गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि परिक्षण गरेको कुरा सूचना तथा सञ्चार मन्त्रालयले २०५२ चैत २३ मा सोधेको स्पष्टीकरणबाट पुष्टि भएको छ । थप दुइ वर्षको संघर्ष पछि वि. सं. २०५४ [[जेठ]] ५ गते सरकारले एफ एम रडियो सगरमाथाको सञ्चालन अनुमति नेवापसलाई हस्तान्तरण गर्यो । त्यसको ४ दिन पछि जेठ ९ गतेबाट कानुनी रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा दक्षिण एसियाकै पहिलो एफ एम रेडियो भएर घन्कियो रेडियो सगरमाथा । यसकाे

दक्षिण एशियाकै पहिलो स्टेसनस्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथाको पहिलो अध्यक्ष भारतदत्त कोइराला, पहिलो स्टेसन प्रमुख मुरारी शिवाकोटी, पहिलो कार्यक्रम निर्देशक रघु मैनाली, पहिलो प्राविधिक उपेन्द्र अर्याल र पहिलो प्रसारक/प्रस्तोता घमराज लुइँटेल हुनुहुन्छ । यसले घमराज लुइँटेलको अावाजमा पहिलोपल्ट, "नमस्कार ! एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा नकमाउने तथा विज्ञापन नबजाउने स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो" भनी आफ्नो प्रसारण सुरु गरेको थियो । सुरुमा दिनको २ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारन गर्दै छ । <ref name="">नेपालमा सामुदायिक रेडियो इतिवृत्तान्त/लुइटेल घमराज/सामुदायिक रेडियो सहयोग केन्द्र</ref>
 
रेडियो सगरमाथाले बितेका करीब ५० बर्षसम्म कायम रहेको सरकारी रेडियोको एकाधिकार तोडदै जनताको बोली बोल्न शुरू गरीदियो ।