"शाखा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''शाखा''' गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाख...
(कुनै भिन्नता छैन)

१५:४१, १४ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

शाखा गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाखा, सूत्रप्रवर बिना गोत्रको अर्थ नरहने र परिचय नखुल्ने हुँदा गोत्रसँगै शाखा, सूत्र र प्रवरको पनि ज्ञान हुन जरुरी हुन्छ । वास्तवमा शाखा के हो ? शाखा र सूत्र किन एक अर्कासँग अनन्यायोश्रीत छन् ? यस विषयमा प्रष्ट हुन जरुरी छ ।[१]

शाखा परिचय

हिन्दु समाजमा व्याक्तिको परिचय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। [१]

  1. १.० १.१ गौतम गोत्र एकता समाजद्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण पृष्ठ १७ - २० लेखक - राजेश कुमार बटाला