"विश्वेश्वरप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
→‎वाल्यकाल तथा राजनीतिक जीवन: सा. लेख टुक्रयाइदैँ
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
'''विश्वेश्वर प्रसाद कोइराला''' (इ.सं.१९१४ - २१ जुन १९८२) [[नेपाल]]का प्रथम जन निर्वाचित [[प्रधानमन्त्री]] तथा [[नेपाली]], हिन्दी भाषाका साहित्यकार हुन्। उनले आफ्नो जीवनको लामो समय सम्म [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । कोइरालाको बाबुको नाम [[कृष्णप्रसाद कोइराला]] हो। उनी [[राणा शासन|राणा सरकार]]ले [[देश निकाला]] गरेको हुनाले [[वाराणसी|बनारस]]मा बस्दथे। त्यहाँनै विश्वेश्वर प्रसादको जन्म भएको थियो ।
 
 
=राजनीतिक जीवन=
==वाल्यकाल तथा राजनीतिक जीवनको सुरूवातजीवन==
विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर [[भारत]]मा चलिरहेको [[भारतीय स्वतन्त्रता संग्राम|भारतको स्वतन्त्रता आन्दोलन]]बाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ [[मातृकाप्रसाद कोइराला]]लाई इ.सं. १९३० मा तीन महिना सम्म बेलायती सरकारले कैद गर्‍यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि [[बनारस हिन्दू|बनारस हिन्दू विश्वबिद्यालय]]बाट [[राजनीति]] तथा [[अर्थशास्त्र]] विषयमा स्नातक तथा [[कलकत्ता विश्वविद्यालय]]बाट कानूनमा [[स्नातकोत्तर]] पूरा गरे । अध्ययन पूरा गरे पछि [[दार्जीलिङ्ग|दार्जीलिङ]]मा बसेर धेरै समय सम्म कानून पेशामा काम गरे । विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजीक रहेका थिए । इ.सं. १९४२ देखि १९४४ सम्म [[दोस्रो विश्वयुद्ध]]को समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो । त्यहाँबाट छुटेपछि उनले इ.सं. १९४७ मा [[नेपाली क|नेपाली राष्ट्रिय कांग्रेस]]को स्थापना गरे जुन पछि गएर [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] बन्न पुग्यो ।
 
===नेपालमा राजनीतिक नेतृत्व===
सन् १९४७ मा [[बिराटनगर मजदुर आन्दोलन]]को नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्‍यो । इ.सं. १९५१ मा उनले नेपालमा [[राणा शासन]]को अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे। अक्टोबर १९५१मा राणा शासनको अन्त्य भयो र नेपालमा [[बहुदलीय प्रजातन्त्र]]को स्थापना भयो । त्यस पछि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर जबरा]]को नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको [[गृहमन्त्री]] बने।