"प्रदीप रिमाल" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''प्रदीप रिमाल''' (वि.सं.१९९२ - वि.सं. २०७१) [[मदन पुरस्कार]] प्राप्त गर्ने संस्कृतिविद् हुन्। उनी चलचित्र-निर्देशकका रूपमा चर्चित रहे ।
 
==जीवनी==
प्रदीपको जन्म वि.सं. १९९२ साल फागुन महिनामा [[लुभु]], [[ललितपुर जिल्ला|ललितपुर]]मा भएको हो। उनका बाबु दुर्गाप्रसाद रिमाल र आमा डिल्लीकुमारी हुन्।
 
४० को दशकको चर्चित चलचित्र [[के घर के डेरा]] निर्देशक रिमालले ०२५ सालमा बनेको चलचित्र [[हिजो आज भोली]] मा अभिनय समेत गरेका थिए ।
 
[[माईतीघर]]मा सहायक निर्देशक भएपछि उनको निर्देशन यात्रा सुरु भएको थियो । वि.सं. २०२९ सालदेखि शाही नेपाली चलचित्र संस्थानका निर्देशक भएका रिमालले [[मनको बाँध]], [[कुमारी]], [[सिन्दुर]], [[माया]] र नेपाल भाषाको [[शिलु]] निर्देशन गरेका थिए ।
 
==पुरस्कार==
चलचित्रमा आउनुअघि लोकगीत संकलन गर्दै हिंडेका रिमालले दर्जनौ गीतमा स्वर समेत दिएका छन् । उनले [[कर्णाली लोक संस्कृति]] नामक ग्रन्थका लागि दर्शन विज्ञानतर्फको मदन पुरस्कार २०२८ संयुक्तरूपमा प्राप्त गरेका हुन्।
 
उनका साथ [[बिहारीकृष्ण श्रेष्ठ]], [[स्थिरजंगबहादुर सिंह‎]] र [[चूडामणि रेग्मी|डा. चूडामणि बन्धु‎]]लाई उक्त पुरस्कार प्रदान गरिएको थियो।
 
==निधन==
उनको निधन वि.सं. २०७१ साल माघमा अमेरिकाको भर्जिनियामा भयो ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/प्रदीप_रिमाल" बाट अनुप्रेषित