"उत्तराखण्ड" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
| जालपृष्ठ = [http://www.ua.nic.in www.ua.nic.in]
}}
 
== परिचय ==
'''उत्तराखण्ड''' [[भारत]]को एकउत्तरमा स्थित प्रान्त हो जुन भारतको उत्तरमा स्थित छ। यस प्रान्तलाई ९ नोभेम्बर २०००मा उत्तर प्रदेशबाट छुट्याएर नयाँ प्रान्तको दर्जा दिइयो, र यो प्रान्त गणतन्त्र भारतको २७ औं राज्य बन्यो। <ref>[http://india.gov.in/business/investment_incentives/uttarakhand/uttarakhand.php Uttarakhand] Govt. of India, Official website.</ref> यसको सिमानाहरू उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को श्वशासित प्रदेश [[तिब्बत]]सँग जोडिएको छ, पूर्वमा यो प्रान्त [[नेपाल]] सँग जोडिएको छ, दक्षिणमा यो प्रान्त [[उत्तर प्रदेश]] सँग जोडिएको छ, [[हरियाणा]] यस प्रान्तको पश्चिममा छ भने [[हिमाचल प्रदेश]] उत्तर-पश्चिममा स्थित छ।
 
== इतिहास ==
यो प्रान्त मानस खण्डको कुर्माञ्चल अथवा कुमाऊँ नामबाट चन्द राजाहरूको शासन कालमा प्रचलित भयो। कुर्माञ्चल माथि चन्द राजाहरूको शासन कत्यूरीहरू पछि प्रारम्भ भयेर सन १७९० सम्म रह्यो। सन १७९०मा [[नेपाल]]को गोर्खा सेनाले कुमाऊँ माथि आक्रमण गरेर कुमाऊँ राज्यलाई आफ्नो आधीन गर्‍यो। गोर्खाहरूको कुमाऊँ माथि सन १७९० देखि १८१५ सम्म शासन रह्यो। सन १८१५मा अङ्ग्रेजहरू सँग युद्ध पराजित भये पछि गोर्खा र अङ्ग्रेजहरू बीच [[सुगौली सन्धि|सुगौली संधि]] भयो। सुगौली सन्धिमा उल्लेखित क्षेत्र अङ्ग्रेजहरूलाई सुम्पेर नेपाल फिर्ता भयो। तर अङ्ग्रेजहरूले कुमाऊँको शासन चन्द राजाहरूलाई न दियेर [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|ईस्ट इण्डिया कम्पनी]]को अधीन गरि दियो। यस प्रकार कुमाऊँ माथि अङ्ग्रेजहरूको शासन १८१५ देखि आरम्भ भयो र अन्तमा ब्रिटिशहरू गये पछि यो प्रान्त भारतको उत्तर प्रदेशमा गाभियो। सन २०००मा यस क्षेत्रलाई उत्तराखण्ड नाम दियेर छुट्टै प्रान्त बनाईयो।
"https://ne.wikipedia.org/wiki/उत्तराखण्ड" बाट अनुप्रेषित