"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५८:
सन् १७८५ सेप्टेम्बरमा अध्ययन पूरा गरेपछि बोनापार्टलाई [[सहायक सेनानी]]को रूपमा ला फेर रेजिमेन्टमा पठाइयो। उनले सन् १७८९ मा क्रान्तिको थालनि हुनुभन्दा पहिलासम्म भ्यालेन्स र अक्जोनमा सुरक्षा दिए। यो अवधिमा उनले करिब दुई वर्षको बिदा कोर्सिका तथा पेरिसमा बिताए। एक कट्टर राष्ट्रवादी बोनापार्टले सन् १७८९ मा कोर्सिकाली नेता पास्कल पाओलीलाई यस्तो पत्र लेखे:
{{quote|देश शक्तिहीन हुँदै गएको बेलामा मेरो जन्म भयो। तीसहजार फ्रान्सेलीहरूले हाम्रो स्वतन्त्रताको मुकुटलाई रगतको आहलमा डुबाएर हाम्रा स्रोत साधनमा डकारी रहेका थिए। त्यस्तो नितान्त अस्वीकार्य दृष्य पहिलो पटक मेरो मनमा बिझेको थियो।<ref>McLynn 1998, p.37</ref>}}
 
उनले कान्तिका सुरुका वर्षहरू कोर्सिकामै बिताए। त्यतिबेला उनी शाही शासन पक्षधर, कान्तिकारीहरू तथा कोर्सिकाली राष्ट्रवादीहरूमा चलेको तीन पक्षीय जटिल संघर्षमा होमिए। उनले कान्तिकारी ज्याकब्लिन गुटको समर्थन गरी कोर्सिकाली लडाकु सेनामा उपसेनानीको दर्जा पाए। उनले स्यम्सेवकको दस्ताको नेतृत्व पनि प्राप्त गरे। बिदाको समयभन्दा धेरैसम्म अनुपस्थित रहेर फ्रान्सेली सेनाको विरुद्धमा कोर्सिकामा भएको विद्रोहमा सम्लग्न भएता पनि सन् १७९२ को जुलाईमा फ्रान्सेली सेनामा उनको बढुवा भयो र उनी क्याप्टेन भए।
उनी कोर्सिका फिर्ता आए र पाओलीसँग विवादमा फसे। पाओलीले फ्रान्ससँग छुट्टिने निर्णय गरी नेपोलियनको नेतृत्वमा फ्रान्सेलीसेना रहेको सार्डिनियाली टापु ला मादालेनामा सन् १७९३ को फेब्रुअरीदेखि हतियारसहितको विद्रोह सुरुगरे। पाओलीसँगकै खटपटका कारण त्यही वर्षको जुनमा नेपोलियन र उनको परिवार फ्रान्सको मुख्य भूमिमा बसाइँ सर्यो।
 
नेपोलियनले सन् १७७९मा [[ब्रिएन]]को सैनिक प्रतिष्ठानमा प्रवेश पाउन सफल भए। सन् १७८४मा उनी पेरिसको ''एकोल र्‌वायाल मिलितेर'' (राजकीय सैनिक विद्यालय) सरे र एक वर्ष पश्चात सहायक उपरथीका रूपमा स्नातक भए। त्यसपछिका ८ वर्ष नापोलेओं कोर्सिकामा बिताउन सफल भए। त्यहाँ उनी राजनैतिक र सैनिक मामलामा सक्रिय भए। सेनामा उनको पदोन्नति भयो। नेपोलियनले मार्च ९, १७९६ मा [[झोजेफिन द बोआर्ने]] सँग विवाह गरे।