"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५४:
उनका जोसेफ नाम गरेका एक दाजु तथा भाइबहिनीहरू लुसिएन, एलिसा, लुइस, पाउलाइन, क्यारोलाइन जेरोम थिए। जोसेफभन्दा पहिला जन्मेका एक बालक र बालिकाको शैसवावस्थामै मृत्यु भयो। नेपोलियनले [[रोमन क्याथोलिक]]को रूपमा बप्तिस्मा लिए।
 
== प्रारम्भिक सैनिक जागीरजागिर ==
[[File:Paoli.png|thumb|upright|right|alt=Head and shoulders portrait of a white-haired, portly, middle-aged man with a pinkish complexion, blue velvet coat and a ruffle|कोर्सिकाका राष्ट्रवादी नेता पास्कल पाओली, रिचार्ड कस्वेले १७९८ मा बनाएको तस्वीर]]
सन् १७८५ सेप्टेम्बरमा अध्ययन पूरा गरेपछि बोनापार्टलाई उपसेनानीको रूपमा ला फेर रेजिमेन्टमा पठाइयो। उनले सन् १७८९ मा क्रान्तिको थालनि हुनुभन्दा पहिलासम्म भ्यालेन्स र अक्जोनमा सुरक्षा दिए। यो अवधिमा उनले करिब दुई वर्षको बिदा कोर्सिका तथा पेरिसमा बिताए। एक कट्टर राष्ट्रवादी बोनापार्टले सन् १७८९ मा कोर्सिकाली नेता पास्कल पाओलीलाई यस्तो पत्र लेखे: देश शक्तिहीन हुँदै गएको बेलामा मेरो जन्म भयो। तीसहजार फ्रान्सेलीहरूले हाम्रो स्वतन्त्रताको मुकुटलाई रगतको आहलमा डुबाएर हाम्रा स्रोत साधनमा डकारी रहेका थिए। त्यस्तो नितान्त अस्वीकार्य दृष्य पहिलो पटक मेरो मनमा बिझेको थियो।