"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५७:
 
== सुरुवाति सैनिक जागीर ==
सन् १७८५ सेप्टेम्बरमा अध्ययन पूरा गरेपछि बोनापार्टलाई उपसेनानीको रूपमा ला फेर रेजिमेन्टमा पठाइयो। उनले सन् १७८९ मा क्रान्तिको थालनि हुनुभन्दा पहिलासम्म भ्यालेन्स र अक्जोनमा सुरक्षा दिए। यो अवधिमा उनले करिब दुई वर्षको बिदा कोर्सिका तथा पेरिसमा बिताए। एक कट्टर राष्ट्रवादी बोनापार्टले सन् १७८९ मा कोर्सिकाली नेता पास्कल पाओलीलाई यस्तो पत्र लेखे: देश शक्तिहीन हुँदै गएको बेलामा मेरो जन्म भयो। तीसहजार फ्रान्सेलीहरूले हाम्रो स्वतन्त्रताको मुकुटलाई रगतको आहलमा डुबाएर हाम्रा स्रोत साधनमा डकारी रहेका थिए। त्यस्तो नितान्त अस्वीकार्य दृष्य पहिलो पटक मेरो मनमा बिझेको थियो।
 
नेपोलियनले सन् १७७९मा [[ब्रिएन]]को सैनिक प्रतिष्ठानमा प्रवेश पाउन सफल भए। सन् १७८४मा उनी पेरिसको ''एकोल र्‌वायाल मिलितेर'' (राजकीय सैनिक विद्यालय) सरे र एक वर्ष पश्चात सहायक उपरथीका रूपमा स्नातक भए। त्यसपछिका ८ वर्ष नापोलेओं कोर्सिकामा बिताउन सफल भए। त्यहाँ उनी राजनैतिक र सैनिक मामलामा सक्रिय भए। सेनामा उनको पदोन्नति भयो। नेपोलियनले मार्च ९, १७९६ मा [[झोजेफिन द बोआर्ने]] सँग विवाह गरे।