"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
==प्रारम्भिक जीवन तथा शिक्षा==
नेपोलियनका पिता कार्लो बुओनापार्ते फ्रान्सका लुई सोह्रौंको अदालतका लागि कोर्सिकाका प्रतिनिधि थिए। नेपोलियन सन् १७६९ अगस्ट १५ तारिखका दिन बाबु कार्लो मारिया दी बुओनापार्ते र आमा मारिया लेटिजिया रामोलिनोका साहिला छोराको रूपमा कासा बुओनापार्तेमा रहेको पुर्ख्यौली घरमा भएको थियो। कासा बुओनापार्ते तत्कालिन कोर्सिका टापुको राजधानी अजाक्सिओ सहरमा अवस्थित छ। उनी बुओनापार्ते दम्पतिका चौथो सन्तान र तेस्रो छोरा थिए। उनको जन्मभन्दा एक वर्षअघि मात्र त्यो टापु गणतन्त्र जेनोआबाट फ्रान्समा सारिएको थियो। उनलाई नेपोलिओनी दी बुओनापार्ते नामाकरण गरियो। सम्भवत उनको यो नाम उनका काकाबाट आएको हो(पहिला उनका जेठा दाजुको नाम नेपोलिओनी राख्न खोजिएको थियो तर दाजुको शैसवावस्थामै निधन भएकोले यो नाम नेपोलियनले पाए)। उनी बीसवर्ष पुगेपछि मात्र केही फ्रेन्च जस्तो सुनिने नेपोलियन बोनापार्ट नाम उनी आफैंले राखेका थिए।
यो कोर्सिकाली बुओनापार्ते परिवारका पुर्खा इटालीको टस्कनकाटस्कनीका मध्यम वर्गीय परिवारका थिए। उनीहरू लिगुरियाबाट सोह्रौं सताब्दीमा त्यस ठाउँमा आएका थिए।
 
== सुरुवाति सैनिक जागीर ==