"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

सा "नेपोलियन बोनापार्ट" लाई सुरक्षित गरियो: महत्वपूर्ण पृष्ठ भएकोले ([सम्पादन गर्ने=प्रबन्धकहरू ब�
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३:
महादेशीय नाकाबन्दीलाई लागू गराउन उनले सन् १८१२ मा रुसको हस्तक्षेप सुरू गरे जुन अन्त्यमा गएर सैन्य विफलतामा परिणत भयो। यहीअभियानका क्रममा रोगका कारण उनको महासेनाको ठूलो हिस्सा ध्वस्त भयो। त्यसपछि धेरैजसो युरोपेलीदेशहरू उनको विपक्षमा उभिए। सन् १८१३ को अक्टोबरमा लेइप्जिगमा भएको युद्धमा छैटौँ गठबन्धनले उनलाई परास्त गर्यो र फ्रान्सलाई कब्जा गर्यो।
नेपोलियनलाई सन् १८१४ को अप्रिलमा राज्य त्याग्न बाध्य पारियो। अन्त्यमा देश निकाला गरेर उनलाई एल्बा टापुमा पठाइयो। त्यसपछि सन् १७९२ देखि फ्रान्सको कब्जामा रहेका भूमि फिर्ता भए अनि पहिलाका शासक बर्बोनहरूले शक्ति प्राप्त गरे। सन् १८१५ मा उनले एल्बा टापुबाट भागेर पुन शक्ति प्राप्त गरे तर त्यो लगभग १०० दिनका लागि मात्र रह्यो। आखिर उनी वाटरलुको युद्धमा पराजित भए। जीवनका अन्तिम ६ वर्ष उनले दूर्गम सेन्टहेलेना टापुमा बेलायती नजरबन्दीमा काटे। उनी फ्रान्सेली जनताका लागि उन्नाइसौं सताब्दीभरका महान नायक थिए। उनकै ख्यातिको प्रभावले उनका भाञ्जा नेपोलियन तृतीय सन् १८४८ देखि १८७० सम्म फ्रान्सको शासक भए।
 
==प्रारम्भिक जीवन तथा शिक्षा==
नेपोलियनका पिता कार्लो बुओनापार्ते फ्रान्सका लुइस सोह्रौंको अदालतका लागि क्रोएसियाका प्रतिनिधि थिए। नेपोलियन सन् १७६९ अगस्ट १५ तारिखका दिन बाबु कार्लो मारिया दी बुओनापार्ते र आमा मारिया लेटिजिया रामोलिनोका साहिला छोराको रूपमा कासा बुओनापार्तेमा रहेको पुर्ख्यौली घरमा भएको थियो। कासा बुओनापार्ते तत्कालिन क्रोएसिया टापुको राजधानी अजाक्सिओ सहरमा अवस्थित छ। उनी बुओनापार्ते दम्पतिका चौथो सन्तान र तेस्रो छोरा थिए। उनको जन्मभन्दा एक वर्षअघि मात्र त्यो टापु गणतन्त्र जेनोआबाट फ्रान्समा सारिएको थियो। उनलाई नेपोलिओनी दी बुओनापार्ते नामाकरण गरियो। सम्भवत उनको यो नाम उनका काकाबाट आएको हो ( पहिला उनका जेठा दाजुको नाम नेपोलिओनी राख्न खोजिएको थियो तर दाजुको शैसवावस्थामै निधन भएकोले यो नाम नेपोलियनले पाए) उनी बीसवर्ष पुगेपछि मात्र केही फ्रेन्च जस्तो सुनिने नेपोलियन बोनापार्ट नाम उनी आफैंले राखेका थिए।
यो क्रोएसियाली बुओनापार्ते परिवारका पुर्खा इटालिको टस्कनका मध्यम वर्गीय परिवारका थिए। उनीहरू लिगुरियाबाट सोह्रौं सताब्दीमा त्यस ठाउँमा आएका थिए।
 
== सुरुवाति सैनिक जागीर ==