"स्रग्धरा छन्द" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
==सत्यसन्देश==
 
:कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,
:कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो।
:कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो,
:यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।
 
:दोषी माता पिताका बचन गुरुजनादेश नि:शेष दोषी,
:सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी।
:पत्नीको प्रेम दोषी अमृतमय मीठा बेदका वाक्य दोषी,
:यो सारा सृष्टि दोषी बिधिवश छ भने आफ्नो दृष्टि दोषी।।
 
:थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो,
:भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो।
:फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो,
:तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।।
 
:मत्ता हात्ती हलुङ्गो, बितत जलधिका ह्वेल माछो हलुङ्गो,
:जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो।
:शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो,
:यो व्रह्माणडै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो।टुङ्गो॥
 
==सन्दर्भ सामग्रीहरू==