"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २१:
लिच्छविकालमा न्याय व्यवस्थाका लागि कुठेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल जस्ता अदालतहरूको व्यवस्था थियो। यस कालमा वाकदण्ड (हप्काउने), धिकदण्ड (बेइज्जत गर्ने), धनदण्ड (जरिवाना तिराउने), बध दण्ड (अंग छेदन) र सर्वस्वहरण जस्ता दण्डहरू दिईन्थयो। ग्राम – पांजलीहरूले चिनेको मुद्धाको पुनरावेदन द्वारेमार्फत सम्बन्धित अधिकारीमा गर्नुपर्ने व्यवस्था थियो। महासर्वदण्ड नायकले प्रधानन्याधिशलाई जनाउछ।
लिच्छविकालिन कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल गरी निम्नाअनुसार चारवटा अधिकरनको व्यवस्था थियो:
== समाज व्यवस्था ==
लिच्छविकालमा चार वर्ण, अठार जातको प्रथा थियो। वसन्तदेवद्वारा जारि गरिएको सनदमा १८ वटा जातिहरूको उल्लेख गरिएको छ। लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको, राजपद लगायत अन्य राजकीय कार्यहरू, शान्तिसुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारीहरू यिनैमाथि भए पनि ब्राह्मणपछि दोश्रो स्थान क्षेत्रीयहरूको थियो। वर्णाश्रम व्यवस्था अनुसार तेश्रो स्थानमा रहेका वैश्यले खेतीपातीका साथै वाणिज्य व्यापारका कार्यहरू गर्दथे। व्यापारिक नेतालाई सार्थबाह, साधारण व्यापारीलाई वणीक शब्दको प्रयोग हुन्थ्यो। चौथो स्थानका सुद्रलाई चांडकाल भनिन्थ्यो।
|