"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{नेपालको इतिहास}}
'''लिच्छवि वंश''' प्राचीन नेपालमा शासन गर्ने एक वंश हो। यो वंशले नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० बर्ष) शासन गरेको इतिहास पाइन्छ।
कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री [[हु एन साङ]] को यात्रा वृत्तान्त अनुसार [[वैशाली]]बाट भागेर आएका केही वीर पुरुषले [[किराँत]]हरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र [[चाँगुनारायण मन्दिर]]का अभिलेखहरू अनुसार [[मानदेव]] लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, [[मानदेव]] भन्दा १६ पुस्ता अगाडी [[विक्रम_संवत| विक्रम संवतको]] दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। त्यसपश्चातकाजयदेव प्रथम पश्चातका लिच्छवि राजाहरु हरीदत्त, वृषदेव, शंकरदेव र [[धर्मदेव]] हुन् । मानदेव पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन [[अंशुवर्मा]] र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।
==लिच्छविहरुको उत्पत्ति==
लिच्छविहरु सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छविहरुले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरुलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरुको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरुका साथै लिच्छविहरु पनि शरणार्थीका रुपमा प्रवेश गरी किरातीहरुलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरु र आगन्तुक लिच्छवि, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छविहरुको नेतृत्वमा किरातीहरुसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरु मारिएको घटनाले पुष्टि गर्छ।
 
पङ्क्ति ३२:
इशापूर्व देखि नै भारतमा प्रचलनमा रहेका मुद्राहरु कोर्षापण, पुराण, पण आदि मुद्राहरु लिच्छविकालमा प्रचलनमा आएका थिए। तावा निर्मित सबैभन्दा कम मुल्यको मुद्रा पण सबैभन्दा बढी प्रचलनमा थियो भने १६ तामाको पण बराबर हुने १ पुराण हुने सबैभन्दा बढी मुल्यको मुद्रा चांदीबाट निर्मित हुन्थ्यो। कोर्षापण पुराणकै अर्को नाम हो जुन चांदीबाट निर्मित हुन्थ्यो र १६ ताम्रपण वरावर १ कोर्षापण हुन्थ्यो। अंशुवर्माको अभिलेखमा वृतिका, मानक, गुणक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्नुगुप्त, वृष नामक मुद्राको प्रयोग हुने पुष्टि हुन्छ।
 
==अन्त्यकाल==
प्रारम्भका लिच्छवि राजाहरु जस्तै अन्त्यतिरका लिच्छवि राजाहरु शक्तिशाली र लोकोपकारी भएनन्। लिच्छवि वंशलाई द्वैध शासनले पनि ठुलो असर पुरायो। राजा अंशुवर्मापछि नेपालमा द्वैध शासन चलेको थियो। यसै क्रममा ध्रुवदेव, जिष्णु गुप्त, भीमार्जुन-जिष्णु गुप्त र विष्णु गुप्तको संयुक्त शासन रह्यो भने राजा नरेन्द्रदेवलाई शक्तिशालि भारदारहरुले २० बर्षसम्म चीनमा विस्तापित् हुन् वाध्य तुल्याईएको थियो। चीनको सहयोगमा नरेन्द्रदेवले आफ्नो गुमेको राज्य पुन: प्राप्त गरेका थिए। नरेन्द्रदेवको शासन पछि जयदेवको पालामा सत्ता प्राप्तिको लागि भिष्ण संघर्ष भयो। द्वैध शासनले जर्जर भएकाले लिच्छविहरुले लोककल्याणकारी कार्यमा ध्यान पुर्याउने सकेनन्। लिच्छवि शासनको उत्तरार्धमा सामन्ती शोषणबाट जनता पिडित भएकाले लिच्छवि वंश र तत्कालिन सामन्तहरुको विरुद्धमा विशाल जनसंघर्ष हुँदा लिच्छवि वंश धराशायी भई नेपालमा ठकुरी वंशको स्थापना भएको मानिन्छ।
==सन्दर्भ सूची==
{{reflist}}