"तारणीविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''तारणीविक्रम शाह''' ( - वि.सं. २०७१) नेपालका क्रिकेट खेलसेवी हुन् ।...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
शाहले परिचित शाह वि.सं. २०१० सालबाट खेलाडीका रूपमा सक्रिय हुनुहुन्थ्यो । आफ्नो जमानाका तीब्र गतिका बलर शाह खेलाडी जीवनबाट बिदा भएपछि पनि विभिन्न भूमिकामा क्यानमा संलग्न हुनुहुन्थ्यो । उहाँले क्यानका पूर्वअध्यक्ष [[जयकुमारनाथ शाह]]को नेतृत्वमा रहेको योङ म्यान क्रिकेट क्लब (वाइएमसिसी) बाट लामो समय खेल्नुभयो ।
 
जयकुमार [[नेपाल क्रिकेट संघ]] (क्यान) का अध्यक्ष तथा [[विनयराज पाण्डे]] महासचिव हुँदा शाह निरन्तर विभिन्न भूमिकामा क्यानमा सक्रिय रहनुभयो । [[राष्ट्रिय खेलकुद परिषद्, नेपाल|राष्ट्रिय खेलकुद परिषद्, नेपाल]] (राखेप) ले वि.सं. २०३७ सालमा राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिएपछि क्यानको पहिलो निर्वाचन भयो । त्यो चुनावबाट उहाँ उपाध्यक्ष हुनुभयो । अध्यक्ष र महासचिव आफ्नो काममा धेरै व्यस्त हुँदा उहाँले क्यानका सबै दैनिक काम गर्नुहुन्थ्यो । काठमाडौं बाहिर हुने प्रतियोगिताको व्यवस्थापन तथा मैदान बनाउनेमा उहाँको सक्रियता अत्यन्तै रहन्थ्यो ।
 
शाह अध्यक्ष तथा पाण्डे महासचिव रहेको क्यान कार्यसमिति वि.सं. २०५८ सम्म निरन्तर रहँदा उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । वि.सं. २०६३ मा पाण्डे अध्यक्ष भएर क्यानमा फर्किनुभयो । तर वि.सं. २०६८ मा राखेपले क्यान पुनर्गठन गर्दै [[टंक आङबुहाङ]]को अध्यक्षतामा नयाँ कार्यसमिति बनायो । त्यो कार्यसमितिमा शाह वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो, जसले एक महिनामै चितवनमा निर्वाचन गरेर वैधानिकता हासिल गर्‍यो । निर्वाचनमा पनि शाह वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो । वरिष्ठ उपाध्यक्षमा क्यानका अर्का पूर्वउपाध्यक्ष [[उपेन्द्र भट्टराई]]ले उम्मेदवारी दिए पनि शाहको सम्मानमा फिर्ता लिनुभएको थियो ।
पङ्क्ति १०:
नेपालको क्रिकेटमा सम्मान गर्नसकिने तीन व्यक्तिमा जयकुमारनाथ शाह, विनयराज पाण्डे र शाह पर्नुहुन्छ ।
 
निर्वाचित संघले क्रिकेट विकासमा कुनै काम नगरेको तथा व्यापक आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरीका आधारमा [[अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल|अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल]]ले वि.सं. २०७१ जेठ २५ मा क्यानका अध्यक्ष आङबुहाङ र महासचिव [[अशोकनाथ प्याकुर्‍याल]]सहित १० जनालाई भ्रष्टाचारको आरोपमा [[विशेष अदालत]]मा मुद्दा चलायो। मुद्दा चलाइएका १० जना मुद्दा किनारा नलागेसम्म निस्क्रिय भएपछि शाहले कार्यवाहक अध्यक्षमा क्यानलाई नेतृत्व प्रदान गर्दै आएका थिए ।
 
‍‍==निधन==