"तारणीविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''तारणीविक्रम शाह''' ( - वि.सं. २०७१) नेपालका क्रिकेट खेलसेवी हुन् ।...
(कुनै भिन्नता छैन)

०३:०३, २८ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

तारणीविक्रम शाह ( - वि.सं. २०७१) नेपालका क्रिकेट खेलसेवी हुन् । टिबी शाहका नामले पनि चिनिने शाह वीरगञ्ज उपमहानगरपालिकाका हुनुहुन्छ । उहाँ छ दशक क्रिकेटमा सक्रिय हुनुहुन्थ्यो ।

योगदान‍‍

शाहले परिचित शाह वि.सं. २०१० सालबाट खेलाडीका रूपमा सक्रिय हुनुहुन्थ्यो । आफ्नो जमानाका तीब्र गतिका बलर शाह खेलाडी जीवनबाट बिदा भएपछि पनि विभिन्न भूमिकामा क्यानमा संलग्न हुनुहुन्थ्यो । उहाँले क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नेतृत्वमा रहेको योङ म्यान क्रिकेट क्लब (वाइएमसिसी) बाट लामो समय खेल्नुभयो ।

जयकुमार नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा विनयराज पाण्डे महासचिव हुँदा शाह निरन्तर विभिन्न भूमिकामा क्यानमा सक्रिय रहनुभयो । राष्ट्रिय खेलकुद परिषद्, नेपाल (राखेप) ले वि.सं. २०३७ सालमा राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिएपछि क्यानको पहिलो निर्वाचन भयो । त्यो चुनावबाट उहाँ उपाध्यक्ष हुनुभयो । अध्यक्ष र महासचिव आफ्नो काममा धेरै व्यस्त हुँदा उहाँले क्यानका सबै दैनिक काम गर्नुहुन्थ्यो । काठमाडौं बाहिर हुने प्रतियोगिताको व्यवस्थापन तथा मैदान बनाउनेमा उहाँको सक्रियता अत्यन्तै रहन्थ्यो ।

शाह अध्यक्ष तथा पाण्डे महासचिव रहेको क्यान कार्यसमिति वि.सं. २०५८ सम्म निरन्तर रहँदा उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । वि.सं. २०६३ मा पाण्डे अध्यक्ष भएर क्यानमा फर्किनुभयो । तर वि.सं. २०६८ मा राखेपले क्यान पुनर्गठन गर्दै टंक आङबुहाङको अध्यक्षतामा नयाँ कार्यसमिति बनायो । त्यो कार्यसमितिमा शाह वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो, जसले एक महिनामै चितवनमा निर्वाचन गरेर वैधानिकता हासिल गर्‍यो । निर्वाचनमा पनि शाह वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो । वरिष्ठ उपाध्यक्षमा क्यानका अर्का पूर्वउपाध्यक्ष उपेन्द्र भट्टराईले उम्मेदवारी दिए पनि शाहको सम्मानमा फिर्ता लिनुभएको थियो ।

नेपालको क्रिकेटमा सम्मान गर्नसकिने तीन व्यक्तिमा जयकुमारनाथ शाह, विनयराज पाण्डे र शाह पर्नुहुन्छ ।

निर्वाचित संघले क्रिकेट विकासमा कुनै काम नगरेको तथा व्यापक आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालले वि.सं. २०७१ जेठ २५ मा क्यानका अध्यक्ष आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्‍यालसहित १० जनालाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा चलायो। मुद्दा चलाइएका १० जना मुद्दा किनारा नलागेसम्म निस्क्रिय भएपछि शाहले कार्यवाहक अध्यक्षमा क्यानलाई नेतृत्व प्रदान गर्दै आएका थिए ।

‍‍==निधन== शाहको वि.सं. २०७१ माघ ११ गते आइतबार राति ८१ वर्षको उमेरमा निधन भयो । कलेजो क्यान्सरबाट पीडित शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । शाहका श्रीमती र दुई छोरी छन् ।

बाहिरी लिङ्कहरू