"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''लिच्छवी वंश''' प्राचीन नेपालमा शासन गर्ने एक वंश हो। यो वंशले नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० बर्ष) शासन गरेको इतिहास पाइन्छ।
कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री [[हु एन साङ]] को यात्रा वृत्तान्त अनुसार [[वैशाली]]बाट भागेर आएका केही वीर पुरुषले [[किराँत]]हरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र [[चाँगुनारायण मन्दिर]]का अभिलेखहरू अनुसार [[मानदेव]] लिच्छवी वंशका प्रथम ऐतिहासिक राजा थिए । [[अंशुवर्मा]]को भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छवीहरूले [[किराँत]]हरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आˆनो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । [[अंशुवर्मा]]पछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बंगालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत [[डोय राज्य]]को स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक सुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव [[सर्लाही जिल्ला]] हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।
 
==लिच्छवीहरुको उत्पत्ति==
लिच्छवीहरु सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छवीहरुले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरुलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरुको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरुका साथै लिच्छवीहरु पनि शरणार्थीका रुपमा प्रवेश गरी किरातीहरुलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरु र आगन्तुक लिच्छवी, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छवीहरुको नेतृत्वमा किरातीहरुसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरु मारिएको घटनाले पुष्टि गर्छ।
 
लिच्छवीहरु सूर्यवंशी राजा दशरथका वंशका ८ औ पुस्तापछि सुपुष्प राजा भएको कुरा जयदेव द्वितीयको वि.स. ७९० को पशुपतिको अभिलेखमा लेखिएको छ। सुपुष्प जयदेव प्रथम भन्दा २३ औ पुस्ता अगाडीका राजा भएकाले इसापुर्व तेस्रो शताब्दीमा नेपालमा लिच्छवी शासन सुरु भ्तेको मान्नेहरुले सुपुष्पलाइ नेपालको प्रथम लिच्छवी राजा मानेका छन्।
 
गोपालराजवंशावलीमा उल्लेख भए अनुसार सुपुष्पले वर्णव्यवस्था, न्याय व्यवस्थाको संरचना गरेको र पशुपतिको मन्दिर बनाएका थिए। इश्वी सन आरम्भतिर मात्र नेपालमा लिच्छवी शासनको आरम्भ भएको मान्नेहरुले जयदेव प्रथमलाई नेपालको पहिलो लिच्छवी शासक मानेका छन्। जयदेव प्रथमपछि हरिदत्त, वृषदेव, शङ्करदेव, धर्मदेव आदि १६ पुस्ताले नेपालमा शासन गरेपछि धर्मदेवका छोरा मानदेव राजा भएपछि नेपालको इतिहास तथ्यमा आधारित हुन् पुग्यो। अंशुवर्मा, शिवदेव, जयदेव द्वितीय आदि प्रतापी राजाहरले नेपालको उन्नति र सम्बृद्धिमा योगदान दिए।
==शासन व्यवस्था==
लिच्छवीहरुको शासन काललाई नेपालको स्वर्णयुग भनिन्छ।
लिच्छवी कालमा राजाहरुलाइ नृप, महाराजाधिराज, भट्टारक महाराजाधिराज, वास्पपादानुधात जस्ता उपाधिबाट विभूषित हुन्थे। केन्द्रमा बस्ने जनतालाई पौर र प्रान्तमा बस्ने जनतालाई जनपद भनीन्थ्यो।
जिल्लामा भन्सार तथा शुल्क उठाउन शौल्लिकक, जिल्लाको सुरक्षा चौकी हेर्न गौल्मिक आदि नियुक्त गरिन्थ्यो। गाउभित्रको मुद्धा मामिला हेर्न पांचचाली गठन गरिन्थ्यो। लिच्छवी कालमा ग्रामिण क्षेत्र ग्राम, तल र द्रंग गरी ३ श्रेणीमा विभाजित हुन्थ्यो। गाउँमा राजाको प्रतिनिधिका रुपमा प्रतिहार (द्वारे) नियुक्ति हुन्थे।
 
लुम्बिनीको निग्लहवामा स्थापित अशोकस्तम्भबाट के स्पष्ट हुन्छ भने लिच्छवीकालमा संस्कृत र पालि भाषामा शिक्षा दिईन्थ्यो भने लेखाईमा ब्राह्मी लिपिको प्रयोग हुन्थ्यो। चिनियाँ यात्री हु एन साङ को यात्रा वृत्तान्तमा ‘शिक्षित् राजाका अशिक्षित जनता’ भन्ने उल्लेख भएकाले राजपरिवार शिक्षित भएपनि जनता अशिक्षित नै रहेको बुझ्न सकिन्छ। शैक्षिक संस्थाहरुको भुमिलाई ‘अग्रहार’ अर्थात् कर तिर्न नपर्ने व्यवस्था गरिएको थियो।
 
== वर्णाश्रम व्यवस्था ==
लिच्छवीहरु सूर्यवंशी क्षेत्रीय भएको, राजपद लगायत अन्य राजकीय कार्यहरु, शान्तिसुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारीहरु यिनैमाथि भए पनि ब्राह्मणपछि दोश्रो स्थान क्षेत्रीयहरुको थियो। वर्णाश्रम व्यवस्था अनुसार तेश्रो स्थानमा रहेका वैश्यले खेतीपातीका साथै वाणिज्य व्यापारका कार्यहरु गर्दथे। व्यापारिक नेतालाई सार्थबाह, साधारण व्यापारीलाई वणीक शब्दको प्रयोग हुन्थ्यो। चौथो स्थानका सुद्रलाई चांडकाल भनिन्थ्यो।
 
वसन्तदेवद्वारा जारि गरिएको सनदमा १८ वटा जातिहरुको उल्लेख गरिएको छ।
 
==मुद्राहरु==
[[चित्र:Nepal30008.JPG|thumb|जिंशु गुप्ताको समयमा प्रयोग भएको तावाको मुद्राको अगाडीको भाग।]]
इशापूर्व देखि नै भारतमा प्रचलनमा रहेका मुद्राहरु कोर्षापण, पुराण, पण आदि मुद्राहरु लिच्छवीकालमा प्रचलनमा आएका थिए। तावा निर्मित सबैभन्दा कम मुल्यको मुद्रा पण सबैभन्दा बढी प्रचलनमा थियो भने १६ तामाको पण बराबर हुने १ पुराण हुने सबैभन्दा बढी मुल्यको मुद्रा चांदीबाट निर्मित हुन्थ्यो। कोर्षापण पुराणकै अर्को नाम हो जुन चांदीबाट निर्मित हुन्थ्यो र १६ ताम्रपण वरावर १ कोर्षापण हुन्थ्यो। अंशुवर्माको अभिलेखमा वृतिका, मानक, गुणक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्नुगुप्त, वृष नामक मुद्राको प्रयोग हुने पुष्टि हुन्छ।
 
==सन्दर्भ सूची==