"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
यस प्रकार नौवटा गृहसुत्रका आधारमा हरेक हिन्दू परिवार सञ्चालित हुन्छ । हरेक गोत्रको माथी उल्लेखित मध्य कुनै एक गृहसुत्र हुन्छ र त्यस गोत्र भित्रका सबै परिवारहरू सोही अनुरुप सञ्चालित हुन्छन् । तर कतिपय अवस्थामा एउटै गोत्र भित्र पनि शाखा, प्रवर र सुत्र फरक फरक रहेको देखिन्छ । <ref name= "पूस्तक"/>
===धर्मसुत्र===
धर्मसुत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । तर वैद्विक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततीहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसुत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसुत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जिवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसुत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैद्विक कालमा जिवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ति चार आश्रमका नियम के हुने आदि बिषयहरूका बारेमा उल्लेख हुन्छ । <ref name= "पूस्तक"/>
समग्रमा भन्नुपर्दा धर्मसुत्र पनि हरेक गोत्रको फरक फरक हुने गरेको छ । आफ्नो धर्मशुत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसुत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । शास्त्रानुसार निम्न लिखित धर्मसुत्रहरू विद्यमान छन् ।
* अपस्तम्व धर्मसुत्र
* वौद्ययान धर्मसुत्र
* गौतम धर्मसुत्र
* हिरण्यकेसिन धर्मसुत्र
* वशिष्ठ धर्मसुत्र
* विष्णु धर्मसुत्र
माथि उल्लेखित छ प्रकारका धर्मसुत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसुत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ ।
==यी पनि हेर्नुहोस्==
* [[गोत्र]]
==सन्दर्भ सूची==
{{reflist}}
==बाह्य लिंकहरू==
 
[[श्रेणी:हिन्दू धर्म]]