"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
माथी उल्लेखित तिन प्रकारका कल्पसुत्रहरू विद्यमान रहेका पाइन्छन् । यी सबैसुत्रहरू वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विकास गरिएका सुत्र हुन् । यी तिन प्रकारका सुत्रहरू प्रत्यक गोत्रमा हुन्छन् । गोतियार पहिचान गर्दा केवल गोत्रको नामले मात्र पहिचान हुन सक्दैन त्यसका लागि गोत्र, शाखा, सुत्र र प्रवरलाई आधार मानिन्छ । अन्यथा गोत्र पहिचान गलत हुन जान्छ ।
===श्राउतसुत्र===
श्राउतसुत्र भन्नाले कुनै खास [[थर]] वा वंशमा धार्मिक कर्म गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्राउतसुत्र भनेर बुझिन्छ । श्राउतसुत्रले धार्मिक कर्मको नियमलाई सहि ढंगले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्राउत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढंगले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सुत्रअनुसार किरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्राउत सुत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा [[विवाह]], [[व्रतवन्ध]], किरिया, अन्त्यष्टी आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । <ref name= "पूस्तक"/> अहिलेसम्म प्रचलनमा रहेका श्राउतसुत्रहरू यस प्रकार छन्।
* अपस्तम्व श्राउतसुत्र
* आस्मल्यायन श्राउतसुत्र
पङ्क्ति १८:
* संखयान श्राउदसुत्र
* वैतान श्राउदसुत्र
माथि उल्लेखित १० प्रकारका श्राउदसुत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १० सुत्रमा कुनै एक सुत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सुत्रलाई खासै महत्व दिएको देखिदैन । कतिपय गोत्रमा त सुत्र के हो भन्ने अन्यौल रहेको देखिन्छ । वास्तवमा सुत्र हरेक गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/>
 
===गृहसुत्र===
 
[[श्रेणी:हिन्दू धर्म]]