"भारत" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६५:
|calling_code= 91
}}
 
'''भारत''' वा '''गणतन्त्र भारत''' (हिन्दी: भारत गणराज्य), पौराणिक [[जम्बुद्वीप]], [[दक्षिण एसिया|दक्षिण एशिया]]मा अवस्थित एउटा देश हो । यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो । भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ । भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको [[पश्चिम]]मा [[पाकिस्तान]], उत्तर-पूर्वमा [[जनबादी गणतन्त्र चीन|चीन]], [[नेपाल]], र [[भूटान|भुटान]] अनि पूर्वमा [[बंगलादेश]] र [[म्यानमार]] छन् । [[हिन्द महासागर]]मा यसको दक्षिण-पश्चिममा [[मालद्वीप]], दक्षिणमा [[श्रीलंका]] र दक्षिण-पूर्वमा [[इण्डोनेशिया]] छन् । भारत उत्तर-पश्चिममा [[अफगानिस्तान]] सँग सीमाना जोडिएको दावी गर्दछ । यसको उत्तरमा [[हिमालय]] पर्वत श्रृखला र दक्षिणमा [[हिन्द महासागर]] छन्। पूर्वमा [[बंगालको खाडी]] र पश्चिममा [[अरब सागर]] छ ।
भारतमा थुप्रै ठूला नदीनालाहरू छन् । [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ । यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन् ।
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित