"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
खीप चन्द तत्कालीन शासकको रुपमा डुग्राकोटमा बस्नेक्रममा एक दिन स्थानीय जलेवा माझीले सुर्नणागाडबाट माछा मारेर कोटमा राजाको दर्शन गर्न गएको र माछा दिए बक्सिस पाउने प्रलोभनमा उक्त माछा राजाको दरवारमा दिए पछि माछा सफा गर्दा माछाको पेटमा लामो सुन्दर कपाल निस्किएको थियो । कपाल निकै सुन्दर भएको र त्यसमा पनि निकै लामो कपाल देखेर खीप चन्द अचम्मित भए र यति राम्रो लामो सुन्दर कपाल भएकी आईमाई को रहेछन् पत्ता लगाउनु पर्यो भनि आफ्ना सहयोगीहरुलाई अह्राएका थिए । उक्त कपाल आफ्नी दरवारकी मन्त्रीकी श्रीमतीको भएको थाहा मन्त्रीलाई मार्न लगाएर भण्डारीको गर्भिणी श्रीमती (हालको सुन्दर कोटमा दरवार भएकी) लाई विबाश गर्न सोच राख्न पुगे । उता मन्त्रीलाई मारेको र निजका एक मात्र छोरा र निजकी आमा भएकोमा राजाले छोरालाई शिकार खेल्न डोटी लगेकोमा पछि डुग्राकोट फर्किने बेलामा निज भण्डारीको हत्या गरि मृग र निको मासु लिएर फर्केकोमा पाप धुरीबाट कराउंछ भने झै राजाले आफ्नो राज्यबाट फिर्ता भएपछि त्यहांका भद्र भलादमीहरुलाई दरवारमा खान बोलाउने चलन रहेकोमा खीप चन्द श्री भण्डारीकी रानी र स्थानीय भलादमीहरुलाई दरवारमा निम्तो पठाए तर भण्डारा (भोज भतेर) खाने बेलामा मृगको मासु भन्दा अर्को मासु मीठो भएको कुरा भण्डारीको रानीले भन्दा खीप चन्दले किन राम्रो नहोस् भनेर मासु देखाउन खोज्दा आफ्नै छोराको हातको औंलामा रहेको औंठीबाट छोरा मारेर मासु खुवाएको रहेछ भन्ने थाहा भएछ । आफ्नो श्रीमान्लाई पनि मारि सकेको र छोरालाई पनि शिकार खेल्ने निहूमा लगी मारेकोले आफ्नो बंश समेत नाश हुन लागेकोमा के गर्ने भनि निज भण्डारीकी रानीले आफ्ना माईती भनिने कठायतहरुलाई सो सम्बन्धमा छलफल गर्न लगाएकोमा कचहरी बसेको कुरा खीप चन्दले थाहा पाएको हुंदा उनी राति नै कोटबाट भागेर पाटन गा.वि.स. वडा नं. १ नगाडीबाडामा बसेको र राति त्यहि भोज खुवाएको रहेछ । स्थानीय भाट जाति प्रत्येक दिन गाउं गाउंमा अन्न माग्दै श्लोक भनि जाने चलन रहेकोमा संजोगबश उक्त दिन नगाडीबाडा पुगेको र आफ्नो लठ्ठी मलको थुप्रो (पर्साको खात) मा गाडेकोमा गाउंबाट फर्किई लठ्ठी समात्न खोज्दा लठ्ठीसंगै पात्लो (टपरी) आएकोले निजलबाट खीप चन्द नगाडीबाडामा बसेको रहस्य खुल्न गएको थियो । यसरी आफ्नो बारेमा जानकारी भएकोले सहयोग जुटाउंदै खीप चन्द भाटकै घट्टको कोठामा लुक्न पुगेकोमा कठायतहरुले खीप चन्दलाई मारेको र निजकी श्रीमती बच्चा पाउने अवस्थामा रहेकोमा निजलाई समेत दरवारमै भाला रोपी मारि दिएको । उता दीप चन्दको यस सम्बन्धमा खासै भूमिका नदेखिएकोमा आफ्ना वैरीको रुपमा राख्न हुन्न भन्ने सल्लाह अनुसार मृग आएको बहाना गरि दीप चन्दलाई दरवार बाहिर निकाल्ने योजना भण्डारी खेमाले बनाएकोमा योजना अनुसार नै मृग आएको हल्ला गर्दै मार मार भन्ने आवाज दरवार नजिक खैलाबैला भएको सुनेर शिकार खेल्न तम्सिने दीप चन्द पनि दरवारबाट बाहिर निस्किएको तर निजकी रानीले बाहिर ननिस्कनु भन्दा भन्दै आफ्नी पति तिरबाट ढल्क पुगेको र सो देखेर आफू पनि बहोस भएको र पछि मृत्यु भएको थियो । अब शक्तिशाली भण्डारी कठायतबाट चन्दका आसेपासेहरु डराएकोले उनीहरु तहांबाट अन्यत्र गएका थिए । श्रीभडारीकी रानीले मार फर्काउन लागेकोमा कठायतहरुलाई आफ्नो दरवारदेखि डुगरा (डुङरा) सम्मको भूमि दिएको कुरा स्थानीय पाटन गा.वि.स.मा बस्ने कठायतहरुले नै भन्ने गरेको पाईएको छ ।
यस दरबारमा ब्राह्मणको रुपमा पन्तहरु रहेका थिए । पहिला देखि नै यस कोटको नजिकै चिहान रहेको थियो र दरबारको नजिकै चिहान हुादाहुँदा राती साझ आफुलाई अप्ठेरो भएको कुरा राजाले आफ्ना ब्राह्मणलाई राखेको थियो । पन्त ब्राह्मण तन्त्रम्न्त्रतन्त्र मन्त्र पनि गर्दथे र उक्त चिहानलाई सराई दिनसराईदिन भनि पन्त ब्राह्मणलाई भने पछि तन्त्र मन्त्र द्धारा स्वर्गेनीपिपलमा रहेको चिहानलाई सराई हाल रहेको तिपरीगाढ भन्ने ठाउमा पुर्‍याएको कुरा सुन्नमा आउछ । <br />
 
यस घटना र क्षेत्रका बारेमा इतिहासमा केवल डुग्राकोटलाई मौसमी राजधानीको रुपमा उल्लेख गरिएको र शाह पश्चात्का शक्तिशाली शासकहरुमा चन्दको स्थान माथि रहेको पनि उल्लेख भएको पाईएको छ भने केवल मौसम अनुसार स्थान फेर्दै ऐस आराम गर्ने स्थलको रुपमा मात्र प्रयोग भएकोले पनि त्यत्ति चर्चामा रहेको नदेखिए तापनि यसको आफ्नै महत्व रहेको कुरा भने बृद्धहरुको भनाई र उक्त कोटमा निर्माण भएका सुरुड्डलाई हेर्दा सत्य तथ्य कुरा विश्वास गर्ने पर्ने देखिएको थियो ।