"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७:
डोटी राज्यका संस्थापक राजा यिरपाल भएको र अन्तिम राजा दीप शाह थिए । एक पटक यो राज्य निकै शक्तिशाली भएको समयमा यस राज्यका शासकहरुको एकताका कारणबाट कुमाउ र गढवाललाई समेत आफ्नो कब्जामा लिएको तर पछि शासकहरुमा आपसी मनमुटाव हुंदा ती राज्यहरु स्वतन्त्र भएका थिए । डोटी राज्यमा शाहहरु कमजोर हुंदै जांदा त्यो क्षेत्रमा चन्दहरुको स्वतन्त्र राज्य कायम हुन गएको साथै अधिकांश रुपमा शाह तथा चन्दहरु नै सुदूरपश्चिमाञ्चलमा शासकको रुपमा देखा परेको इतिहासबाट समेत थाहा पाउन सकिन्छ ।
१४ हजार ७ सय घर भएको डोटी राज्य जुम्लापछिको दोस्रो शक्तिशाली राज्य भएको र यसका प्रमुख राजधानीहरुमा मौसम अनुसार डुग्राकोटको बेग्लै पहिचान रहेको पाईन्छ ।
यो ऐतिहासिक स्थल [[पाटन, बैतडी|पाटन]] गा.वि.स. वडा नं.५, [[महाकाली अञ्चल]] [[बैतडी जिल्ला]]मा रहेको छ । विशाल नेपालको एकीकरणपूर्व छुट्टै अस्तित्व रहेको भए तापनि वि.संं १८४५ मा यो राज्य विशाल नेपालमा विलीन भएपछि भने न त डोटी राज्य (डुम्राकोट राज्य) को इतिहासको चर्चा गर्न सकिन्छ न त यसको मौसमी राजधानी डुग्रोाटको नै ।

यस क्षेत्रमा हाल ब्राह्मण अवस्थी, क्षेत्रीहरुमा कठायत, वैश्यहरु नभएको र शुद्रको रुपमा भने वि.क. हरु रहेको भण्डारीहरु जसको यस राज्य संग प्रत्यक्ष सरकोकार रहेको थियो, पाटन गा.वि.स.कै वडा नं.९ मा बसोबास गर्ने गरेको पाईन्छ भने आसपासमा पन्त, भण्डारी, बिष्ट, पहरी, गिरी, सार्की, दमाई, ऐर, जोशी, अवस्थी, चन्द, खत्री आदि प्रमुख जातिहरु रहेका छन् । चन्दहरुको स्वतन्त्र राज्य कायम हुने क्रममा यस डोटी राज्यका शासकको रुपमा खिप चन्द भनिएका खेम चन्द तथा दीप चन्द अन्तिम शासकको रुपमा रहेको र तिनीहरुले भण्डारीको श्रीमतीलाई विवाह गर्न खोजेकोमा अन्त्यमा भण्डारी र कठायतहरुको प्रयासबाट अन्त्य भएपछि चन्दहरुको स्थापनामा मन्दिरहरु स्थापना गरिएको हाल ती मन्दिरहरुमा कठायत, पन्त, भट्टरार्इहरूले पूजाआजा गर्ने गरेको देख्न र मन्दिरहरु हेर्न सकिन्छ । यसै डुग्राकोटमा राजाले आफ्नी रानीलाई सुर्नयामा शयन गर्न र पानी भर्न बनाएको सुरुड हाल पनि देख्न सकिने तर कतिपय भने जीर्ण अवस्थामा रहेको देखिन्छ ।

महाकाली अञ्चल, बैतडी जिल्ला पाटन गा.वि.स. वडा नं. ५ मा पर्ने डोटी राज्यको मौसमी राजधानीको रुपमा प्रख्यात तत्कालीन डोटी राज्यका शासकहरु शाह तथा चन्दहरुले शासन गर्दै आएको तर वि.सं. १८४५ मा नेपालको एकीकरण पश्चात् अस्तित्व समाप्त भएको यो एक सुरक्षित स्थानमा रहेको ऐतिहासिक कोटको नाम हो डुग्राकोट । त्यसैले यस राजधानीका सम्बन्धमा आवश्यक जानकारी लिन र भावी सन्ततिहरुलाई समेत सो बारेमा यथार्थता दिलाउन सो क्षेत्रको सुरक्षा गर्नु पर्ने आबश्यक देखिन्छ ।
डुग्राकोट डोटीको राजधानी मात्र नभई यसको सम्बन्धमा बैतडी जिल्लाका पाटन भेगमा बस्दै आएका भण्डारी र तिनका सहयोगी कठायत, भाट (भट्टराई) जातिसंग समेत रहेको छ ।
प्रसंगबस डोटी राज्यका तत्कालीन शासक शाहको अस्तित्व समाप्त भएपछि दीप भन्द, खीप चन्द (खेम चन्द) ले समेत मौसमी राजधानीको रुपमा स्थापित डुग्राकोटमा नै बसोबास गर्ने गरेको र सो कोटका मन्त्रीको रुपमा रहेका भण्डारीबीचको बैमनुष्यतालाई घटना र क्षेत्रसंग जोडिएको थियो ।
नेपाल राज्यमा बाईसी, चौबिसी राज्यको बिलिन हुनुपूर्व डुग्राकोटका शासकका पहरेदारको रुपमा स्थानीय पाटन गा.वि.स. वडा नं.४ मा बस्ने पहरी र नगाडीबाटा बस्ने भट्टहरुको सहयोगीका रुपमा भूमिका रहेको प्रसंग पनि आफ्नो ठाउंमा महत्वपूर्ण नै देखिएको थियो ।

खीप चन्द तत्कालीन शासकको रुपमा डुग्राकोटमा बस्नेक्रममा एक दिन स्थानीय जलेवा माझीले सुर्नणागाडबाट माछा मारेर कोटमा राजाको दर्शन गर्न गएको र माछा दिए बक्सिस पाउने प्रलोभनमा उक्त माछा राजाको दरवारमा दिए पछि माछा सफा गर्दा माछाको पेटमा लामो सुन्दर कपाल निस्किएको थियो । कपाल निकै सुन्दर भएको र त्यसमा पनि निकै लामो कपाल देखेर खीप चन्द अचम्मित भए र यति राम्रो लामो सुन्दर कपाल भएकी आईमाई को रहेछन् पत्ता लगाउनु पर्यो भनि आफ्ना सहयोगीहरुलाई अह्राएका थिए । उक्त कपाल आफ्नी दरवारकी मन्त्रीकी श्रीमतीको भएको थाहा मन्त्रीलाई मार्न लगाएर भण्डारीको गर्भिणी श्रीमती (हालको सुन्दर कोटमा दरवार भएकी) लाई विबाश गर्न सोच राख्न पुगे । उता मन्त्रीलाई मारेको र निजका एक मात्र छोरा र निजकी आमा भएकोमा राजाले छोरालाई शिकार खेल्न डोटी लगेकोमा पछि डुग्राकोट फर्किने बेलामा निज भण्डारीको हत्या गरि मृग र निको मासु लिएर फर्केकोमा पाप धुरीबाट कराउंछ भने झै राजाले आफ्नो राज्यबाट फिर्ता भएपछि त्यहांका भद्र भलादमीहरुलाई दरवारमा खान बोलाउने चलन रहेकोमा खीप चन्द श्री भण्डारीकी रानी र स्थानीय भलादमीहरुलाई दरवारमा निम्तो पठाए तर भण्डारा (भोज भतेर) खाने बेलामा मृगको मासु भन्दा अर्को मासु मीठो भएको कुरा भण्डारीको रानीले भन्दा खीप चन्दले किन राम्रो नहोस् भनेर मासु देखाउन खोज्दा आफ्नै छोराको हातको औंलामा रहेको औंठीबाट छोरा मारेर मासु खुवाएको रहेछ भन्ने थाहा भएछ । आफ्नो श्रीमान्लाई पनि मारि सकेको र छोरालाई पनि शिकार खेल्ने निहूमा लगी मारेकोले आफ्नो बंश समेत नाश हुन लागेकोमा के गर्ने भनि निज भण्डारीकी रानीले आफ्ना माईती भनिने कठायतहरुलाई सो सम्बन्धमा छलफल गर्न लगाएकोमा कचहरी बसेको कुरा खीप चन्दले थाहा पाएको हुंदा उनी राति नै कोटबाट भागेर पाटन गा.वि.स. वडा नं. १ नगाडीबाडामा बसेको र राति त्यहि भोज खुवाएको रहेछ । स्थानीय भाट जाति प्रत्येक दिन गाउं गाउंमा अन्न माग्दै श्लोक भनि जाने चलन रहेकोमा संजोगबश उक्त दिन नगाडीबाडा पुगेको र आफ्नो लठ्ठी मलको थुप्रो (पर्साको खात) मा गाडेकोमा गाउंबाट फर्किई लठ्ठी समात्न खोज्दा लठ्ठीसंगै पात्लो (टपरी) आएकोले निजलबाट खीप चन्द नगाडीबाडामा बसेको रहस्य खुल्न गएको थियो । यसरी आफ्नो बारेमा जानकारी भएकोले सहयोग जुटाउंदै खीप चन्द भाटकै घट्टको कोठामा लुक्न पुगेकोमा कठायतहरुले खीप चन्दलाई मारेको र निजकी श्रीमती बच्चा पाउने अवस्थामा रहेकोमा निजलाई समेत दरवारमै भाला रोपी मारि दिएको । उता दीप चन्दको यस सम्बन्धमा खासै भूमिका नदेखिएकोमा आफ्ना वैरीको रुपमा राख्न हुन्न भन्ने सल्लाह अनुसार मृग आएको बहाना गरि दीप चन्दलाई दरवार बाहिर निकाल्ने योजना भण्डारी खेमाले बनाएकोमा योजना अनुसार नै मृग आएको हल्ला गर्दै मार मार भन्ने आवाज दरवार नजिक खैलाबैला भएको सुनेर शिकार खेल्न तम्सिने दीप चन्द पनि दरवारबाट बाहिर निस्किएको तर निजकी रानीले बाहिर ननिस्कनु भन्दा भन्दै आफ्नी पति तिरबाट ढल्क पुगेको र सो देखेर आफू पनि बहोस भएको र पछि मृत्यु भएको थियो । अब शक्तिशाली भण्डारी कठायतबाट चन्दका आसेपासेहरु डराएकोले उनीहरु तहांबाट अन्यत्र गएका थिए । श्रीभडारीकी रानीले मार फर्काउन लागेकोमा कठायतहरुलाई आफ्नो दरवारदेखि डुगरा (डुङरा) सम्मको भूमि दिएको कुरा स्थानीय पाटन गा.वि.स.मा बस्ने कठायतहरुले नै भन्ने गरेको पाईएको छ ।
यस दरबारमा ब्राह्मणको रुपमा पन्तहरु रहेका थिए । पहिला देखि नै यस कोटको नजिकै चिहान रहेको थियो र दरबारको नजिकै चिहान हुादा राती साझ आफुलाई अप्ठेरो भएको कुरा राजाले आफ्ना ब्राह्मणलाई राखेको थियो । पन्त ब्राह्मण तन्त्रम्न्त्र पनि गर्दथे र उक्त चिहानलाई सराई दिन भनि पन्त ब्राह्मणलाई भने पछि तन्त्र मन्त्र द्धारा स्वर्गेनीपिपलमा रहेको चिहानलाई सराई हाल रहेको तिपरीगाढ भन्ने ठाउमा पुर्‍याएको कुरा सुन्नमा आउछ ।

यस घटना र क्षेत्रका बारेमा इतिहासमा केवल डुग्राकोटलाई मौसमी राजधानीको रुपमा उल्लेख गरिएको र शाह पश्चात्का शक्तिशाली शासकहरुमा चन्दको स्थान माथि रहेको पनि उल्लेख भएको पाईएको छ भने केवल मौसम अनुसार स्थान फेर्दै ऐस आराम गर्ने स्थलको रुपमा मात्र प्रयोग भएकोले पनि त्यत्ति चर्चामा रहेको नदेखिए तापनि यसको आफ्नै महत्व रहेको कुरा भने बृद्धहरुको भनाई र उक्त कोटमा निर्माण भएका सुरुड्डलाई हेर्दा सत्य तथ्य कुरा विश्वास गर्ने पर्ने देखिएको थियो ।
यसरी घटनामा त्यति चर्चामा नरहेका तर मारिन पुगेको दीप चन्दको स्मृतिमा बनाईएका मन्दिर (पिजास) स्थापना गरिएको र जसले चन्दहरुलाई सताएका थिए , उनीहरुले नै ती मन्दिरमा पूजा गर्ने गरेको आजसम्म पनि प्रचलन रहेको छ ।

अत: पछि नेपालको एकीकरण भएपछि यी मौसमी राजधानीको खासै अस्तित्व नरहेको कुरा भए तापनि ऐतिहासिक महत्व भने उकुबाकू, अजैमेरु, दिपायल, डुग्राकोट, जोरायलको अस्तित्व लोप भएको देखिएको पाईदैन् ।

डुङग्राकोटकै नामबाट यहांको गाउं तथा खोलाको नाम राखिनुले पनि यस सम्बन्धमा थप जानकारी दिलाइएको थियो । तत् सम्बन्धी फोटोहरु अन्त्यतिर समावेश गरिएका छन् । हाल त्यस कोटमा भण्डारीकी कुनै पनि स्वास्नी मान्छे जाने नगरेको र किन हो भन्दा पहिला श्रीभडारीकी रानीलाई तत्कालीन राजाले विबाह गर्ने योजना बनाएको र मन्त्रीलाई मारेकोले अरुलाई पनि त्यस्तै पो गर्छन कि भनेर नजाने चलन रहेकोले हालसम्म पनि उक्त कोटमा नजाने चलन रहेको हो भन्ने गरिन्छ भने तत्कालीन समयमा कोटमा पहरेदारको रुपमा रहेका पहरीहरुले हाल उक्त कोटमा भोग चलन गर्दै आएको देखिन्छ ।