"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ७:
डोटी राज्यका संस्थापक राजा यिरपाल भएको र अन्तिम राजा दीप शाह थिए । एक पटक यो राज्य निकै शक्तिशाली भएको समयमा यस राज्यका शासकहरुको एकताका कारणबाट कुमाउ र गढवाललाई समेत आफ्नो कब्जामा लिएको तर पछि शासकहरुमा आपसी मनमुटाव हुंदा ती राज्यहरु स्वतन्त्र भएका थिए । डोटी राज्यमा शाहहरु कमजोर हुंदै जांदा त्यो क्षेत्रमा चन्दहरुको स्वतन्त्र राज्य कायम हुन गएको साथै अधिकांश रुपमा शाह तथा चन्दहरु नै सुदूरपश्चिमाञ्चलमा शासकको रुपमा देखा परेको इतिहासबाट समेत थाहा पाउन सकिन्छ ।
१४ हजार ७ सय घर भएको डोटी राज्य जुम्लापछिको दोस्रो शक्तिशाली राज्य भएको र यसका प्रमुख राजधानीहरुमा मौसम अनुसार डुग्राकोटको बेग्लै पहिचान रहेको पाईन्छ ।
यो ऐतिहासिक स्थल [[पाटन, बैततडी|पाटन]] गा.वि.स. वडा नं.५
यस क्षेत्रमा हाल ब्राह्मण (अवस्थी) क्षेत्रीहरुमा कठायत, वैश्यहरु नभएको र शुद्रको रुपमा भने वि.क. हरु रहेको भण्डारीहरु जसको यस राज्य संग प्रत्यक्ष सरकोकार रहेको थियो, पाटन गा.वि.स.कै वडा नं.९ मा बसोबास गर्ने गरेको पाईन्छ भने आसपासमा भण्डारी, बिष्ट, पहरी, गिरी, सार्की, दमाई, ऐर, जोशी, अवस्थी, चन्द, खत्री आदि प्रमुख जातिहरु रहेका छन् । चन्दहरुको स्वतन्त्र राज्य कायम हुने क्रममा यस डोटी राज्यका शासकको रुपमा खिप चन्द भनिएका खेम चन्द तथा दीप चन्द अन्तिम शासकको रुपमा रहेको र तिनीहरुले भण्डारीको श्रीमतीलाई विवाह गर्न खोजेकोमा अन्त्यमा भण्डारी र कठायतहरुको प्रयासबाट अन्त्य भएपछि चन्दहरुको स्थापनामा मन्दिरहरु स्थापना गरिएको हाल ती मन्दिरहरुमा कठायत, पन्त, भाटहरुले पूजाआजा गर्ने गरेको समय देख्न र मन्दिरहरु हेर्न सकिन्छ । यसै डुग्राकोटमा राजाले आफ्नी रानीलाई सुर्नयामा शयन गर्न र पानी भर्न बनाएको सुरुड. हाल पनि देख्न सकिने तर कतिपय भने जीर्ण अवस्थामा रहेको देखिन्छ ।
महाकाली अञ्चल, बैतडी जिल्ला पाटन गा.वि.स. वडा नं. ५ मा पर्ने डोटी राज्यको मौसमी राजधानीको रुपमा प्रख्यात तत्कालीन डोटी राज्यका शासकहरु शाह तथा चन्दहरुले शासन गर्दै आएको तर वि.सं. १८४५ मा नेपालको एकीकरण पश्चात् अस्तित्व समाप्त भएको यो एक सुरक्षित स्थानमा रहेको ऐतिहासिक कोटको नाम हो डुग्राकोट । त्यसैले यस राजधानीका सम्बन्धमा आवश्यक जानकारी लिन र भावी सन्ततिहरुलाई समेत सो बारेमा यथार्थता दिलाउन सो क्षेत्रको सुरक्षा गर्नु पर्ने आबश्यक देखिन्छ ।
|