"घटस्थापना" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (17)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{प्रमुख लेख चिन्ह}}
[[आश्विन]] [[शुक्ल पक्ष]] प्रतिपदाका दिनलाई '''घटस्थापना''' भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ। एक कृत्य यस दिन [[जमरा]] राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ। यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ। जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। त्यसैस्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ। अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), [[महालक्ष्मी]](सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ। ब्रहृमवैवर्तपुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश। यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ। हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिकापुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। यसैले दसैँको अवसरमा आ-आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा-उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औँल्याएको पाइन्छ।
 
"https://ne.wikipedia.org/wiki/घटस्थापना" बाट अनुप्रेषित