:एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
*हरड़ःहरडः हर्रो को नामबाट हामी सबै परिचित छौ। यस्को बोट जत्रतत्र पाइने गर्दछ। यस्को रङ्ग कालो तथा पहेंलो हुन्छ। यस्को स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ। आयुर्वेदिक मतानुसार हरड़ःहरडः हर्रोमा पाँचै रस- मधुर, तीखा, कड़ुवाकडुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानुसार हरड़हरड को रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०%, टैनिन एसिड ३०-४५%, गैलिक एसिड, ग्लाइकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ। ग्लाइकोसाइड्स कब्ज़ियतकब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन्:-
*हरड़हरड को टुक्रो चपाएर खानाले भोक बढ्दछ।
*सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा)नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।
*सानो हरड़लाईहरडलाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।
*काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।
*हरड़कोहरडको चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त (एसिडिटी ) को सिकायत रहन्न। निर्मुल हुन्छ।