"हनुमान" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ३२:
 
==हनुमान र शनि==
शनिको बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ। रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ़्नोआफ्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनायो। यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट अजेय हुन चाहन्थ्यो रावण। नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ। यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो। जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो। तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो। जब हनुमान लङ्कामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर 'शनि'को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन। हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे। भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे। 'शनि'ले 'तथास्तु' भने। यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन।
 
==हनुमान र सिन्दुर लेपन==
पङ्क्ति ७८:
जगतनारायणमन्दिर प्राङ्गणमा भएका हनुमानका मूर्तिहरू इस्वीको १८ औँ शताब्दीको मध्यतिर नेपालमा एउटा गजबको मन्दिर बनेको थियो। जुन समयकालीन अरू मन्दिरहरूभन्दा विशिष्ट खालको थियो। पाटनको शंखमुल स्थित जगतनारायणको मन्दिरको अभिलेखबाट इस्वी सम्वत् १८५५ सम्ममा यो मन्दिर बनिसकेको देखिन्छ। यो मन्दिरको निर्माण जङ्गबहादुरका भाइ जगतशमशेरले गर्न लगाएका थिए। विशाल प्रस्तर मूर्तिकलाको लागि यो मन्दिर प्रख्यात छ। यस मन्दिर प्राङ्गणमा दुईवटा हनुमान मूर्ति छन्। तीमध्ये मन्दिरको पूर्वतिर गरुडको साथसाथै भएको हनुमानको मूर्ति एक हो। शिवलिङ्गको जलहरी आकृति जस्तो ढुङ्गाको माथि बायाँ घुँडा जमीनमा राखी बसेको हनुमानका दुईवटा हात छन् तीमध्ये बायाँ हात वरद मु्द्रामा छ भने दायाँ हात अभय मुद्रामा छ। खुट्टामा ठूलाठूला कल्लीहरू, हातमा बाला, पाखुरामा केयुर, कानमा ठूलाठूला कुण्डलहरू लगाएको र घाँटीमा भक्तपुरको हनुमानको मूर्तिमा जस्तै गहना लगाएको यस मूर्तिको शरीरभरि सिन्दूर पोतिएको छ। तल्लो भागमा लङ्गौटी लगाएको अहिलेसम्म बनेका हनुमानका मूर्तिहरूमध्ये सबैभन्दा ठूलो मूर्ति हो। गोला आँखा र सिंह जस्तो मुखको दायाँबायाँ दाँत भएको हनुमानको मूर्ति शाहकालीन मूर्तिकलाको महत्त्वपूर्ण नमुना मान्न सकिन्छ। यो मूर्तिको निर्माण पनि मन्दिरको साथसाथै भएको हो। मूर्तिको आसनको वरिपरि बत्ती बाल्ने दियाहरू छन् भने दायाँबायाँतिर नेपाली झण्डा आकृति, धातुको पाताको अग्लो झण्डा छन् र मूर्तिको शिरमाथि तामाको छत्रावली छ।
 
यसै मन्दिरको पश्चिम उत्तर कुनामा अर्को हनुमानको मूर्ति छ। यो मूर्ति आफ़्नैआफ्नै शैलीमा छ। स्थानक मुद्रामा भएको यो मूर्ति पहाड बोकी हिँड्न लागेको अवस्थामा छ। बायाँ खुट्टाले पुरुषको शिरमाथि टेकेको यो मूर्तिका दुईवटा हात छन्। जसमध्ये दायाँ हातले गदा समातेको छ भने बायाँ हातले पहाड समातेको छ। लङ्गौटी, कानमा कुण्डल, हातमा बाला घाँटीमा हार र कम्मरवन्ध लगाएको यस मूर्ति दायाँतिर पुच्छर उठिराखेको छ भन्ने लङ्गौटीको एक टुक्राले भुइँ छोएको छ। राम र लक्ष्मणलाई काँधमा राखेको मूर्तिको मुकुट अलंकृत छ। मूर्तिको पछाडि शिरमाथि सातवटा फणा भएको सर्प आकृति छ मूर्तिको पिठ्यूँमा दायाँबायाँ उड्न लागेका सिंह आकृतिहरू कुँदिएका छन्। शिरको माथि तामाको छत्रावली राखिएको भन्ने दायाँबायाँ नेपाली झण्डा आकृतिहरू राखिएका छन्। यस किसिमको मूर्ति नेपालमा अन्त पाइएको छैन। त्यसकारणले पनि यस मूर्तिको विशेष महìव रहेको छ। यो मूर्तिको निर्माण माथिको मूर्तिको भन्दा केही पछि बनेको कुरा मूर्तिमा भएको शैलीको आधारमा अनुमान गर्न सकिन्छ।
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/हनुमान" बाट अनुप्रेषित