"पाण्डव" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Pandavas}}
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति ९:
एक पटक राजा पाण्डु आफ्नो दुबै पत्निहरु - कुन्ती तथा माद्री - संग शिकार गर्नको लागि जंगल गएका थिए। त्यहा उनीहरुले मृगको जोडी मैथुनरत देख्न पुगे । पाण्डुले तत्काल आफ्नो बाणबाट त्यस मृगलाई घायल गरीदिए । मर्दै गर्दा त्यस मृगले [[पाण्डु]] लाई श्राप दिए, "राजन! तिमी सरह क्रूर पुरुष यस संसारमा कोही पनि छैन होला । तिमीले मलाई मैथुनको समय बाण हानेका छौ अतः जब कहिले तिमी मैथुनरत हुने छौ त्यसबेला तिम्रो मृत्यु हुने छ।"
 
यस श्रापबाट पाण्डु अत्यन्त दुःखी भए र आफ्नो रानिहरु संग भने , "हे देविहरु! अब म आफ्नो सबै वासनाहरु त्याग गरेर् यस वनमा नै बस्छु तिमीहरु[[हस्तिनापुर]] फर्केर जाओ़जाओ" उनको वचन सुनेर दुबै रानीहरुले दुःखी भएर भने , "नाथ!हामी तपाई बिना एक क्षण पनि जीवित रहन सक्दैनौ । तपाई हामीलाई पनि वनमा आफुसंग बस्ने कृपा गरिदिनु होस ।" पाण्डुले उनीहरुको अनुरोधलाई स्वीकार गरेर उनीहरुलाई वनमा आफ्नो साथ बस्ने अनुमति दिए।
 
यस समयमा राजा पाण्डुले अमावस्याको दिन ऋषि-मुनिहरु ब्रह्मा जीको दर्शनको लागि जादै गरेको देखे । उनले ती ऋषि-मुनिहरु संग आफुलाई पनि साथै लैजान आग्रह गरे । उनको यस आग्रहलाई ऋषि-मुनिहरुले भने, "राजन्! कुनै पनि निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन अतः हामी तपाईलाई हामी संग लैजान असमर्थ छौ।"
"https://ne.wikipedia.org/wiki/पाण्डव" बाट अनुप्रेषित