"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
पङ्क्ति १४:
 
==कथा==
एक पटक महाराज युधिष्ठिरले राजसूय यज्ञ गरे। त्यस समय यज्ञ मण्डपको सुन्दर ढङ्गले निर्माण त गरिएकै थियो, अझ त्यो मण्डप अद्भुत पनि थियो। त्यो यज्ञ मण्डप यत्ति मनोरम थियो कि जल र स्थलको भिन्नता नै प्रतीत हुँदैनथ्यो। जलमा स्थलको र स्थलमा जलको जस्तो प्रतीत हुन्थ्यो। साँच्चै सावधानी गर्दा पनि धेरै व्यक्तिहरू त्यस अद्भुत मण्डपमा झुक्किएका हुन्थे। एक पटक कतैबाट घुमघाम गर्दै दुर्योधन पनि त्यस यज्ञ-मण्डपमा आए र एक तलाउलाई स्थल मानेर त्यसमा लडे। द्रौपदीले यो देखेर 'अन्धाको छोरो अन्धो' भनेर उनको उपहास गरिन्। यसबाट दुर्योधन चिढिए। यो कुरो तिनको हृदयमा बाण झैं बिज्न थाल्यो। उनको मनमा द्वेष उत्पन्न भयो र उनले पाण्डवहरूलाई द्यूतक्रीड़ामाद्यूतक्रीडामा हराएर त्यस अपमानको बदला लिने विचार गरे। अनि हस्तिनापुरमा बोलाएर कल, छल र बलले उनले पाण्डवहरूलाई जुवामा पराजित गरे। जुवामा हारेपछि
प्रतिज्ञानुसार पाण्डवहरूले बाह्र वर्षसम्म वनवासमा बस्नुपर्यो र किसिमकिसिमका कष्ट सहनु पर्यो। वनवासमा रहेका बेला भगवान् श्रीकृष्ण पाण्डवहरूलाई भेट्न आउँदा युधिष्ठिरले उनीसित आफ्नो दुःख सुनाए र दुःख हटाउने उपाय सोधे। त्यसपछि श्रीकृष्णले आज्ञा गर्नुभयो -'हे युधिष्ठिर! तिमीले विधिपूर्वक अनन्त भगवानको व्रत गर, यसबाट तिम्रो समस्त सङ्कट नष्ट हुनेछ र तिम्रो गुमेको राज्य पुन: प्राप्त हुनेछ।' यस सन्दर्भमा श्रीकृष्णले एउटा कथा सुनाउँदै बताउनुभयो-