"हरिवंश पर्व" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले हटाउँदै: id,gu,ru,fr,en,es,it (strongly connected to ne:हरिवंश पुराण)
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ४:
विष्णु पर्वमा नृत्य र अभिनयसम्बन्धी सामग्री आफ्नो मौलिक रूपमा मिल्दछ। यस पर्वका अन्तर्गत दुइ स्थलहरूमा छालिक्यको उल्लेख भएको छ। छालिक्य वाद्यसंगीतमय नृत्य ज्ञात हुन्छ। हाव भावहरूको प्रदर्शन यस , नृत्यमा महत्वपूर्ण स्थान राख्दछ। छालिक्यका सम्बन्धमा अन्य पुराणमा कुनै प्रकाश पारिएको छैन।
 
विष्णु पर्व (91९१ 26२६-35३५)मा वसुदेवका अश्वमेघ यज्ञका अवसरमा भद्र नामक नटको आफ्नो अभिनयद्वारा ऋषिहरूलाई तुष्ट गर्नु वर्णित छ। यसै नटका साथ प्रद्युम्न, सांब आदि वज्रनाभपुरमा गएर आफ्नो कुशल अभिनयद्वारा वहाँ दैत्यहरूको मनोरंजन गर्दछन्। यहाँमा "रामायण" नामक उद्देश्य र "कौबेर रम्भाभिसार" नामक प्रकरणका अभिनयको विशद वर्णन भएको छ।
 
हापकिंसले हरिवंशलाई महाभारतको अर्वाचीनतम पर्व मानेको छ। हाजराले रासका आधारमा हरिवंशलाई चतुर्थ शताब्दीको पुराण बताएकाछन्। विष्णु र भागवतको काल हाजराले क्रमश: पाँचौं शताब्दी तथा छैटौं शताब्दी निश्चित गरेकोछ। श्री दीक्षितका अनुसार मत्स्यपुराणको काल तृतीय शताब्दी हो। कृष्णचरित्र, रजिको वृत्तान्त तथा अन्य वृत्तान्तहरूसित तुलना गर्दा हरिवंश यी पुराणहरू भन्दा पूर्ववर्ती निश्चित हुन्छ। अतएव हरिवंशका विष्णुपर्व र भविष्यपर्वलाई तृतीय शताब्दीको मान्न सकिन्छ।
"https://ne.wikipedia.org/wiki/हरिवंश_पर्व" बाट अनुप्रेषित