"वामन अवतार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Vamana}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ३:
[[हिन्दू धर्म|हिन्दू धार्मीक ग्रन्थका]] अनुसार भगवान [[विष्णू]]ले स्वर्गका राजा देवराज ईन्द्रको हराएको राज्य फर्काउनको निमित्त र दैत्यराज बलीको उदार गर्नाको निमित्त '''वामन अवतार''' लिएका थिए। भगवान वामनले राजा बली सँग तिन पाउ (तिन पाईला भरको) भुमि दान मागेर आफ्नो रुपलाई बढाएर दुवै पाईलाले स्वर्ग र मर्त्य (पृथ्वी) पूरा गरी तेस्रो पाउ राख्न जमिन मागेर दैत्यराज बलीलाई संकटमा पारेका थिए।
==राज बलीको कथा==
हिन्दू शुत्रका अनीशार दैत्यराज बली भक्त प्रह्लादका छोरा थिए। भक्त प्रह्लादका बाबु हिराण्यकशेपु थियो जसलाई मार्नको निमित्त भगवान विष्णूले [[नृसिँह अवतार]] लिएका थिए। हिराण्यकशेपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान विष्णूले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिएका थिए। हिन्दू शुत्रानुसार राजा बलीलाई महान दानीको रुपमा लिइएको छ। दैत्यराज बलीले 2 चोटी स्वर्गमा राज्य गरेको कुरा ग्रन्थहरुमा पाईएको छ। पहिले पटक राजा बलिले स्वर्गको राज्य गरिरहेको बेला भगवान बिष्णुले देवता र दानवहरुलाई समुन्द्र मथन गराएका थिए अफुले [[कूर्म अवतार]] धारण गरेर मन्दराचल पर्वतलाई पिँठमा राखेका थिए। समुद्र मथनबाट निस्को अमृतको बँटाई र त्यसपछी भएको यूद्धको समाप्ती पछि राजा बलीले पुन: स्वर्गको राज्य प्राप्तीकालागी दैत्यहरुका गुरु शुक्रचार्यको राय अनुशार भगवान [[शिव]]को तपस्या गरेका थिए शिवजीले पनि राजा बलीलाई पुन: स्वर्ग प्राप्तीको वर्दान दिएका थिए। यता इन्द्रलाई राज्य पदुचितको श्राप दितीले दिएकी थिईन्। किन भने देवराज इन्द्रले दितीको गर्भबाट एक बलियो बालकले जन्म लिदैछ र पछि दैत्यहरुको पक्ष लिनेर सबै देवताको नास गर्ने छ थाह पाएर बालक वायूलाई गर्भमा नै नष्ट गर्न प्रयास गरेका थिए। तर दैव संयोग बालक बलवान भएका कारण इन्द्रले बालकलाई काटेर जतीवटा टुक्रा बनाए उतीवटै बालकहरु गर्भमा निर्माण हुन गए अंतमा देवराजको केही नचलेका कारण बालकहरु सँगै आफुपनी त्यसै गर्भबाट निस्केर माफी मागे। बालकहरु सबै 49४९ वटा थिए जसलाई देवता हरुको श्रेणी दिएर 49४९ वायु भनिन्छ। यसरी माफी मागे पनि दितीले इन्द्रलाई भ्रुण हत्या गर्ने प्रयास गरेकाले श्राप दिएकी थिईन्।
===राजा बलीले गरेको दान तथा वामन अवतार===
[[Image:033-vamana.jpg|200px|thumb|राजा बली र वामनावतार]]
दैत्य बली दोस्रो पटक स्वर्गका राजा भएपछी देवताहरु संकटमा परेको देखेर देवताहरुकी आमा अदितीलाई दु:ख लाग्यो। एक दिन अदितीले आफ्ना पति कश्यप ऋषि सित यो कुरा राखिन्। तब कश्यप ऋषिले उनलाई भगवान विष्णूको तपश्या गर्ने सल्लाह दिए। अदितीले पनि पतिको सल्लाह अनुसार भगवान विष्णूको तपश्या गरिन्। एक दिन भगवान विष्णूले अदितीलाई दर्शन दिएर तपश्या गर्नाको कारण सोधे।अदितीले आफ्ना सन्तानहरुले दु:ख झेली रहेको र सौता दितीका सन्तानहरुले स्वर्गको राजा भएर मौज गरीरहेकोले यसको उपायको लागि तपश्या गरेको बताइन्। यो सुनेर भगवान बिष्णुले अदितीलाई पुत्रको बरदान दिए। अदितीले भगवान विष्णूलाई आफ्नो पुत्रको रुपमा अवतार लिन आग्रह गरिन्। भगवान विष्णुले अदितीको कोखबाट वामन अवतारको रुपमा जन्म लिए। भगवान वामन 8 बर्षको भएपछी ब्रह्माजीले व्रतबंध गरिदीए। व्रतवंधको देशान्तरमा जाने क्रममा भगवान वामन बली राजा कहाँ गए। वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यो वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र 3 पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्नलागे तब शुक्रचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए। तब वामले आफ्नो सानो रुपलाई बढाएर एक पाईला पृथ्वीमा र अर्को पाइला स्वर्गमा राखे। अब अर्को पाईला राख्ने ठाउँ नभएका कारण राजा बली चिन्तित भए। पछि प्रह्लादलाई भगवानको लिला थाहा पाएर प्रार्थना गरे। तब वामनले राजा बलीलाई एक पटक स्वर्गको राजा बनाउने आश्वासन दिएर सुतलमा पठाए। आफु पनि राजा बलीसँग छलकपट गरेको पश्चाताप मेटाउन जीवन भर राजा बलिको द्वार पाले भएर बस्ने वाचा दिए। बलीले दानको संकल्प गरीसकेका कारण वामनको एक पाईला आफ्नो शिरमा राखेर दानको विधी पुरा गरे। त्यस पछि वामनले इन्द्रलाई स्वर्ग दिलाएर राजा बलिका साथ सुतलमा गए।<ref>सुब्बा होमनाथ केदारनाथ कृत सुक सागर</ref>
 
[[Image:ॐ.gif|150px]]
"https://ne.wikipedia.org/wiki/वामन_अवतार" बाट अनुप्रेषित