"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Kurma}}
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ६:
समुद्र मथनमा देवता र दानवहरू मिलेर बासुकी नागको [[नेती]] र मन्दराचल पर्वतको [[मथानी]] बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट [[अमृत]]को उत्पत्ती हुनेछ। अमृतको प्राप्ती पछि देवताहरूले अमृत खाएर दैत्यहरूसँग युद्ध गरी दानवहरूलाई मारेर पुन: स्वर्ग प्राप्ती हुने कुरा भगवान बिष्णुले बताए। यो उपाय पाए पछि देवताहरू दैत्य राज बली भएको ठाउँमा गएर भनेकी "महाराज! हामी एउटै बाबु [[कश्यप]] ऋषिका सन्तान हौँ। केवल हाम्री आमाहरू फरक भएकाले हामी सौते भाइ भयौँ। हामिले अब आपसमा वैरभाव राख्न उचित छैन हामीहरूले भगवान विष्णुको राय बमोजिम समुद्र मथन गर्नु पर्‍यो जसबाट अमृत प्राप्ती हुने छ। त्यो खाएर हामी कहिल्यै नमर्ने हुने छौँ। हामीलाई भगवान विष्णुले सहयोग गर्नु हुनेछ।" यो सुनेर दैत्यराज बली सहित सबै दानवहरू देवताको योजनासँग सहमती भए। सबै मिलेर मन्दराचल पर्वतलाई उठाएर क्षिर सागरमा लगे। [[बासुकी नाग]] पनि नेती बन्नकोलागी सहमती भए।
==कूर्म अवतार==
मन्दराचल पर्वत समुन्द्रको गहिराईमा डुब्न लाग्यो। यो देखेर देव दानवहरू फेरी बिष्णुको शरण लिन पुगे। भगवान विष्णुले पनि कछुवाको रूप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्काए। समुन्द्र मथनबाट सबै भन्दा पहिले हलाहल नामको बिषको उत्पत्ती भएको थियो हलाहल बिषको असर देवताहरूले सहन सकेनन्। भगवान [[शिव]]ले त्यो हलाहल बिष सबै पिए। शिवले हलाहल खाए पछि उनको घाँटी निलो पर्न गयो। त्यसैले शिवलाई निलकण्ठ भनिएको हो। यसै गरी समुद्र मथनबाट धनकी देवी [[लक्ष्मी]], काम धेनु, रम्भा नामकी [[अप्सरा]], उच्चश्रवा घोडा, भगवान विष्णुको गलामा पहिरिएको कोस्तुभमणी, पारीजात कल्प वृक्ष, आदी 13१३ रत्न पछि अमृतको उत्पत्ती भएको थियो।
 
===धन्वन्तरी अवतार===
पङ्क्ति १५:
 
==देवासुर युद्ध==
मोहनी रूपी विष्णुले छल कपट गरेको थाहा पाएर दैत्यहरूले फेरी देवताहरूमाथी आक्रमण गरे। देव दानवको भयंकर सग्राम मच्चियो। त्यस बेला देवराज ईन्द्रपुत्र जयन्तले अमृत कलशको रक्षाको जिम्मा लिए। युद्ध पुरा 12१२ वर्ष सम्म चलेको थियो। जयन्तले अमृत कलशलाई 12१२ वर्ष सम्म 4 अलग अलग ठाउँमा राखेका थिए। जहाँ जहाँ जयन्तले अमृत कलश जसलाई कुम्भ कलश पनि भनिन्छ लुकाएका थिए तिनै ठाउँहरूमा प्रतेक 12१२ बर्षमा [[कुम्भ मेला]] लाग्दछ। कुम्भ कलश राखेको ठाउँमा अमृतका छिटा परेको वाश्वास गरिन्छ। देवता-दैत्य युद्धमा अधिक तर दैत्यहरू मारिए अमृत खाएकाले देवताहरू मरेनन्। अन्तमा देवताको विजय भयो देवताहरूले पुन: स्वर्ग प्राप्त गरे। पछि गएर देवताहरूले भगवान कूर्मको प्रार्थना गरे। भगवान कूर्मले देवताहरूलाई "जसले भगवानको आशा राखेर कर्म गर्छ। त्यसैलाई सत्य सूख प्राप्त हुन्छ। जो घमण्ड र अभिमानको सहारा लिएर काम गर्छ त्यसले कहिल्यै पनि अमृत जस्तो सूख प्राप्त गर्न सक्दैन।" भन्ने उपदेश दिएर अन्तर्ध्यान भए।<ref>पृष्ठको सबै सामाग्री सुब्बा होम नाथ केदार नाथ कृत सुक सागरबाट लगिएको</ref>[[Image:ॐ.jpg]]
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कूर्म_अवतार" बाट अनुप्रेषित