"औलो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २७:
परिजिविको संक्रमणको ८-२५ दिनमै रोगको लक्षण देखा पर्न थाल्छ।औलो प्रतिरोधी औषधी सेवन गर्नेहरुमा लक्षण देखिन अलि समय लाग्छ।ज्वरो आउनु,थरथर काम्नु,वाक्वाकी र वान्ता हुनु ,रक्ताल्पता हुनु,जोर्नी दुख्नु आदि लक्षण सबै औलो परिजिविको संक्रमणमा देखा पर्छन।औलोको सबैभन्दा मुलभुत लक्षण भनेको शरीरको थरथर कम्पनका साथहुने चिसोपनको अनुभुति र त्यस पछि आउने ज्वरो ।४ देखि ६ घन्टा पछि ज्वरो समन हुन्छ र पसिना बग्छ।पी. फाल्सीपारमको संक्रमणमा यो पुरै प्रक्रिया हरेक ३६ देखि ४८ घंटामा हुन्छ अथवा लगातार ज्वरो आउन सक्छ; पी. भाईभेक्स र पी. ओभेलबाट हुने मलेरियामा हरेक २ दिनमा ज्वरो आउछ, तथा पी. मलेरियेबाट हरेक तीन दिनमा ज्वरो आउछ।औलोको गम्भिर समस्या प्राय पी. फाल्सीपारमको संक्रमणले हुन्छ।यस्तो समस्या संक्रमणको ६ देखि १४ दिन पछि हुन्छ। कलेजोको आकार बढ़नु, टाउको दुख्नु र रगतमा ग्लूकोज़को कमी हुनु अन्य गंभीर लक्षण हुन। पिसाबमा हेमोग्लोबिन देखिनु र यसले कलेजोको विफलतासम्म हुन सक्छ, जसलाई कालोपानी ज्वरो (अंग्रेजी: blackwater fever, ब्लयाक वाटर फ़ीवर) भनिन्छ। गंभीर औलोले मूर्च्छा वा मृत्यु पनि हुन सक्छ, युवा, बच्चा र गर्भवती महिलामा यस्तो खतरा हुने सम्भावना धेरै हुन्छ। अत्यंत गंभीर अवस्थामा मृत्यु केहि घंटामा हुन सक्छ। गंभीर अवस्थामा उचित उपचार भयो भने पनि मृत्यु दर २०% सम्म हुने सम्भवाना हुन्छ। महामारी फैलिएको क्षेत्रमा प्राय उपचार संतोषजनक हुन पाउदैन, त्यसैले मृत्यु दर धेरै हुन्छ र औलोको प्रत्येक १० बिरामीमा १ जनाको मृत्यु हुने गर्छ।
 
==मानव शरीरमा रोगको विकास==
मलेरिया परजीवीको मानवमा विकास दुई चरणमा हुन्छ : कलेजोमा प्रथम चरण र रातो रक्त कोशिकामा दोस्रो चरण। जब एउटा संक्रमित लाम्खुट्टे मानिसलाई टोक्छ तब बीजाणु (अंग्रेजी: sporozoites, स्पोरोजोइट्स) मानव रगतमा प्रवेश गरेर कलेजोमा पुग्छन र शरीरमा प्रवेश गरेको ३० मिनट भित्र कलेजोको कोशिकालाई संक्रमित गर्छन। त्यसपछि कलेजोको कोशिकामा यिनीहरु अमैथुनिक् प्रजनन गर्छन। यो चरण ६ देखि १५ दिन सम्म चल्छ। यो प्रजननले हजारौ अंशाणु (अंग्रेजी: merozoites, मेरोजोइट्स) बन्छन जसले कलेजोको कोशिकालाई विच्छेद गरि रगतमा प्रवेश गर्छन र रातो रगत कोशिकालाई संक्रमित गर्छन।
 
==उपचार==
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/औलो" बाट अनुप्रेषित