"निम्बार्काचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
{{Wikify|date=सेप्टेम्बर २०१२}}
 
{{dead end|date=सेप्टेम्बर २०१२}}
 
{{Orphan|date=सेप्टेम्बर २०१२}}
 
{{ज्ञानबाकस/जीवनी
| नाम = निम्बार्काचार्य
| वेबपेज =
| मुख्य काम =
}}
 
===जीवन चित्रण===
जगद्गुरु श्रीनिम्बार्काचार्यकी माताको नाम जयन्ती देवी र पिताको नाम श्रीअरुण मुनि थियो। यिनलाई भगवान् [[सूर्य]]को अवतार मानिन्छ। कसैकसैले यिनलाई भगवान् [[नारायण]]को [[सुदर्शनचक्र]]को अवतार पनि मान्दछन् तथा अन्य एउटा मतमा यिनको पिताको नाम श्रीजगन्नाथ हो भन्ने पनि सुनिन्छ। वर्तमान अन्वेषकहरूले विभिन्न प्रमाणका आधारमा यिनको जीवन-काल ईशाको ११औं शताब्दी हो भनेर प्रमाणित गरे पनि यिनका भक्तजन यिनको जन्मकाल [[द्वापरयुग]]लाई मान्दछन्। गुरु निम्बार्काचार्यको जन्म दक्षिण भारतको [[गोदावरी]]को तटमा अवस्थित वैदूर्यपत्तन नामक नगर नजिकैको अरुणाश्रममा भएको थियो। एउटा किंवदन्ती के छ भने यिनको [[व्रतबन्धसंस्कार]]का समयमा स्वयं [[देवर्षि नारद]]ले निम्बार्काचार्यलाई श्रीगोपाल-मन्त्रको दीक्षा प्रदान गर्नु भएको थियो तथा श्रीकृष्णोपासना गर्ने उपदेशसमेत दिनु भएको थियो। त्यसैले निम्बार्काचार्यका गुरु देवर्षि नारदलाई मानिन्छ र नारदका गुरु श्रीसनकादि ब्रह्मपुत्रहरूलाई मानिन्छ। त्यसैले गुरु निम्बार्काचार्यको निम्बार्क [[सम्प्रदाय]]लाई सनकादि सम्प्रदाय पनि भन्ने गरिन्छ र यिनको मतलाई [[द्वैताद्वैतवाद]] भनिन्छ। श्रीनिम्बार्काचार्यको मतअनुसार यो मत अत्यन्त प्राचीन कालसित सम्बद्ध छ, कुनै नयाँ र नौलो मत होइन। उनले आफ्नो [[भाष्य]]मा [[नारद ]]र सनत्कुमारको नामको उल्लेख गर्दै के सिद्ध गरेकाछन् भने यो मत सृष्टिको प्रारम्भदेखि नै प्रचलित छ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/429704" बाट अनुप्रेषित