"निम्बार्काचार्य" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Wikify|date=सेप्टेम्बर २०१२}} {{dead end|date=सेप्टेम्बर २०१२}} {{Orphan|date=सेप्टेम्ब...
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २७:
| मुख्य काम =
}}
===जीवन चित्रण===
जगद्गुरु श्रीनिम्बार्काचार्यकी माताको नाम जयन्ती देवी र पिताको नाम श्रीअरुण मुनि थियो। यिनलाई भगवान् सूर्यको अवतार मानिन्छ। कसैकसैले यिनलाई भगवान् नारायणको सुदर्शन चक्रको अवतार पनि मान्दछन् तथा अन्य एउटा मतमा यिनको पिताको नाम श्रीजगन्नाथ हो भन्ने पनि सुनिन्छ। वर्तमान अन्वेषकहरूले विभिन्न प्रमाणका आधारमा यिनको जीवन-काल ईशाको ११औं शताब्दी हो भनेर प्रमाणित गरे पनि यिनका भक्तजन यिनको जन्मकाल द्वापर युगलाई मान्दछन्। गुरु निम्बार्काचार्यको जन्म दक्षिण भारतको गोदावरीको तटमा अवस्थित वैदूर्यपत्तन नामक नगर नजिकैको अरुणाश्रममा भएको थियो। एउटा किंवदन्ती के छ भने यिनको व्रतबन्ध संस्कारका समयमा स्वयं देवर्षि नारदले निम्बार्काचार्यलाई श्रीगोपाल-मन्त्रको दीक्षा प्रदान गर्नु भएको थियो तथा श्रीकृष्णोपासना गर्ने उपदेशसमेत दिनु भएको थियो। त्यसैले निम्बार्काचार्यका गुरु देवर्षि नारदलाई मानिन्छ र नारदका गुरु श्रीसनकादि ब्रह्मपुत्रहरूलाई मानिन्छ। त्यसैले गुरु निम्बार्काचार्यको निम्बार्क सम्प्रदायलाई सनकादि सम्प्रदाय पनि भन्ने गरिन्छ र यिनको मतलाई द्वैताद्वैतवाद भनिन्छ। श्रीनिम्बार्काचार्यको मतअनुसार यो मत अत्यन्त प्राचीन कालसित सम्बद्ध छ, कुनै नयाँ र नौलो मत होइन। उनले आफ्नो भाष्यमा नारद र सनत्कुमारको नामको उल्लेख गर्दै के सिद्ध गरेकाछन् भने यो मत सृष्टिको प्रारम्भदेखि नै प्रचलित छ।