"अन्नप्राशन संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
अन्नप्राशनको स्पष्ट अर्थ शिशु अब पेय पदार्थ, विषेश गरी आमाको दुधमा मात्र निर्भर नहुने हुँदा अन्न ग्रहण गरी शारीरिक र मानसिक रूपमा आफूलाई बलबान् बनाउनु हो । तन र मनलाई सुदृढ बनाउनलाई अन्नको सर्वाधिक योगदान छ । शुद्ध, सात्विक एवं पौष्टिक आहारले तन र मन दुबै स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । शुद्ध र सात्विक आहारले नै अन्तस्करण शुद्ध हुन्छ तथा मन, बुद्धि, आत्मा सबैलाई पोषण मिल्छ । यसैकारण अन्नप्राशन संस्कारको हाम्रो जीवनमा विषेश महत्व रहेको छ ।
 
हिन्दू धर्मका अनुयायीहरूले जन्मको छैठौं महिनालाई अन्नप्राशनकाे उपयुक्त समय बताएका छन् । साे महिनामा शुभ नक्षत्र एवं शुभ दिन हेराएर यो संस्कार गरिन्छ । यस संस्कारमा दियो, कलश, गणेश र विशेष गरी ब्रह्मा, विष्णु, महेश्वरको पूजन गरिन्छ, किनभने हिन्दु धर्मले अन्नं ब्रह्मा रसो विष्णुर्भुक्ता देवो महेश्वरः भनेको छ । देवपूजन कार्य सकेपछि खिर र मिठा मिठा मिष्ठान्न शिशुलार्इ भाेजन गराइन्छ । हिन्दू धर्म शास्त्रमा खिरलाई अमृत समान उत्तम मानिन्छ । हाम्रो समाजमा अन्नप्राशनका दिन आफ्ना छिमेकी, नातेदार, आफन्तजनलाई बोलाई प्रसाद खुवाउने र शिशुलाई विभिन्न उपहार दिने समेत चलन छ । <ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>][http://samawartan.blogspot.com/2010/04/blog-post.html#more]
 
{{ठुटो}}
[[श्रेणी:संस्कार]]