"अन्नप्राशन संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जव शिशु विकसित हुँदै जान्छ स्तनपानबाट प्राप्तहुने पौष्टिक आहारले मात्र शिशुको शारिरिक र मानसिक विकासका लागि पर्याप्त हुँदैन । उक्त कुरालाई ध्यानदिँदै अन्नप्राशन संस्कार गरिन्छ । जन्मने वित्तिकै शिशुको शरीरमा बाहिरी खाद्यान्न पचाउनसक्ने क्षमता हुँदैन, त्यसैले जन्मिएकाे छ महिनामा अन्नप्राशन गराइन्छ ।
 
अन्नप्राशनको स्पष्ट अर्थ शिशु अब पेय पदार्थ, विषेश गरी आमाको दुधमा मात्र निर्भर नहुने हुँदा अन्न ग्रहण गरी शारीरिक र मानसिक रूपमा आफूलाई बलबान् बनाउनु हो । तन र मनलाई सुदृढ बनाउनलाई अन्नको सर्वाधिक योगदान छ । शुद्ध, सात्विक एवं पौष्टिक आहारले तन र मन दुबै स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । शुद्ध र सात्विक आहारले नै अन्तस्करण शुद्ध हुन्छ तथा मन, बुद्धि, आत्मा सबैलाई पोषण मिल्छ