"धान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
m
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआत भयो । भारतमा हस्तिनापुर (उत्तर प्रदेश)-मा उत्खनन (१०००-७५० इसापूर्व)-को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । जंगली धान पहिला [[बंगलादेश]], [[आसाम]], [[उड़िसा|उडिसा]] र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), [[अष्ट्रेलिया]], [[संयुक्त राज्य अमेरिका]] अनि [[स्पेन]], [[इटाली]] र [[फ्रान्स]]जस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।
 
==विकास ==
 
ओरिजाका २० परिचित प्रजाति छन्, तर ओरिजा सेटिभा र ओरिजा ग्लाबेरिमा मात्र उब्जाउ गरिन्छ। ओरिजा सेटिभा एसियामा उत्पादन गरिन्छ भने ओरिजा ग्लाबेरिमा अफ्रिकामा उब्जाउ गरिन्छ। ओरिजा पेरिनिस नामक एक जंगली धानबाट ओरिजा सेटिभा विकास भएको हुनसक्छ। ओरिजा रूफिपोगोन नामक प्रजाति एसियाली बाह्रमासे प्रकारको हो भने ओरिजा निभारा एकवर्षे बाली हो। ओरिजा ग्लाबेरिमा सुडान वा पश्चिम अफ्रिकाको कुनै ठाउँमा ओरिजा ब्रेभिलीगुलाटा वा ओरिजा ब्राथी नामक प्रजातिबाट विकास भएको हुनसक्छ।
 
==क्षेत्र तथा वितरण ==
"https://ne.wikipedia.org/wiki/धान" बाट अनुप्रेषित