"संसदीय व्यवस्था" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
संसदीय व्यवस्थाको ऐतिहासिक पृष्ठभूमि
 
'''संसदीय व्यवस्थाकोव्यवस्था'''को जननी [[बेलायत]] लाई मानिन्छ । बेलायतमा १३ औ शताव्दीको अन्त देखि नै संसदको उत्पति भएको हो । त्यस्तै प्रकारले (कार्टेश - [[स्पेन]]को संसद ) को अभ्यास पनि १३ औ शताव्दी देखि [[स्पेन]]मा हुन थालेको इतिहासकारहरुको भनाइ छ । [[बेलायत]]मा १०६६ इ.भन्दा पहिले एग्लो सेक्सन (Anglo-Saxon) राजघरानाको शासनमा विटेनागेमोट ९ध्ष्तभलबनamयत० र पछि नर्मन वंशीय राजाहरुका पालामा सामन्त, सरदार तथा भारदार हरुको भेला गरिन्थ्यो, जसलाइ म्याग्नम कान्सिलियम ९ःबनलum ऋयलअष्ििष्um० अर्थात महासम्मेलन भनिन्थ्यो । राजा स्वयं यसका अध्यक्ष हुन्थे । म्याग्नम कान्सिलियमको वैठक वरावर गरिरहनु बहुतै अप्ठ्यारो थियो । यस कारण राजाले चान्सलर, चेम्वरलेन आदि सर्वोच्च भारदार हरुको वैठक गरेर महत्वपूर्ण सवालहरुमा राय लिने गर्दथे यस वैठक लाई क्युरिया रेजिस ९ऋगचष्ब च्भनष्क० अर्थात राजकीय परिषद भन्दथे । (''खड्का,२०६३ पृष्ठ ११'')
यसरी विटेनागेमोट, म्याग्नम कान्सिलियम तथा क्युरिया रेजिस जस्ता सभा सम्मेलन बाट सामन्त, भारदार, पादरी हरुको प्रतिनिधित्व हुन्थ्यो । यसरी यी सामन्तहरुले विस्तारै आफनो अधिकार खोज्दै जाँदा सन् १२१५ मा राजा जोन ९प्ष्लन व्यजल० लाई १५ व्गलभ १२१५ मा एक अधिकार पत्रमा हस्ताक्षर गराए जसलाई म्याग्नाकाटा भनिन्छ । कानून बमोजिम मुद्धा चलाई आपराधी नठहरेसम्म राजाले मनपरी कसैलाई थुन्न अथवा कानूनद्धारा प्राप्त कसैको सुविधा हरुको अपहरण गर्न अथवा कसैलाई ज्यान सजाय दिन नसक्ने तथा महासभाको स्वीकृति विना राजाले कुनै किसिमको कर लगाउन नसक्ने जस्ता कुरा त्यस महान अधिकार पत्रमा उल्लेखित थिए । म्याग्नाकाटा राजाको अधिकार लाई सीमा भित्र बाँध्ने पहिलो दस्तावेज थियो । (''पुर्ववत, पृष्ठ ११'')