"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सामान्यतया न्वारान भनिने यो चलन शिशु जन्मेको ११ औं दिनमा गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिन्छ र ११ औं दिनमा यो संस्कार गर्ने चलन छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू यो संस्कार शुभ नक्षत्र वा शुभ दिनमा गर्नु उचित मान्छन् । नामको हाम्रो जीवनमा धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले नामको ठुलाे महत्व रहेको छ । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । हिन्दू वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ ।
यस कार्यमा अग्निस्थापना र सो अनुसार हवन, षण्डामर्क हवन अादि गरिन्छ । त्यसपछि जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ ।
त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको अायु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा '''हे शिशो ! त्वं अमुक असि''' भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले याे कर्म गर्दै अाएका छन् । ख<ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर ः शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>[http://samawartan.blogspot.com/2010/04/blog-post.html#more]
{{ठुटो}}
==सन्दर्भ सामग्रीहरू==