"कौडा" का संशोधनहरू बिचको अन्तर

सा Bot: Changing commonscat link from Shells to Seashells
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{wikify}}
 
[[चित्र:Cypraea nebrites.jpg|thumb|right|समुन्द्री कौडा]]कौडा समुन्द्री कीराको सिपी ([[:en:seashell|shell]]) हो। मानिसले यसलाई घर सजाउनदेखि लिएर जुवा खेल्न सम्म विभिन्न प्रयोगमा ल्याउने गरेका छन्।
संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ। प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ। कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ। मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ। यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो। यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ।
 
प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरहृयो। एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो। प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो। त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो। यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो। अफ्रि[http://%20%20%20http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22 http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22] काकोअफ्रिकाको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो। त्यहाँका राजा 'क्युरियामा'को वाषिर्क आय ३ करोड कौडी थियो। नास्सावामाका राजाले आफ्नो जमीन एक अपि|mकीअफ्रिकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए। सन् १८६०मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो। त्यहाँका 'इभ' जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ। यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ।
 
मिश्र, ग्रीस आदि देशहरूमा पूजा, प्रसाधन र शृङ्खलाका कायहरूमा कौडीको प्रयोग बढी मात्रामा हुने गर्दछ। यहाँ विशेषगरी धार्मिक अनुष्ठानहरू एवं जादू टुनामुना आदिमा प्रयोग हुनेगर्दछ। साइप्रसमा कामदेवता 'एप|mोडाइट'को मन्दिरमा कौडीलाई नै पूजा गर्ने गरिँदै आइरहेका छन्। सुडानका आइमाईहरू धेरै सन्तान पाउने इच्छाले कम्मरमा कौडीको जोडी बाँध्ने चलन रहिआएको छ।
पङ्क्ति २७:
 
आज कौडीको आर्थिक महत्त्व त त्यति धेरै छैन, तर समृद्धि र लक्ष्मीको प्रतीकको रूपमा आज पनि यसलाई पूजा गर्ने गरिन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
* [http://%20%20%20http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22 http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22]
 
==बाहिरी कडीहरू==
 
{{Commonscat|Seashells}}
 
"https://ne.wikipedia.org/wiki/कौडा" बाट अनुप्रेषित