"धान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Oryza sativa}}
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
|binomial_authority = [[Carl Linnaeus|L.]]
|}}
'''धान''' विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम '''ओरिजा सेटिभा'''ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै [[भारत]] र [[जनबादी गणतन्त्र चीन|चीन]]मा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो ।
==इतिहास ==
धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन् ।
 
सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआत भयो । भारतमा हस्तिनापुर (उत्तर प्रदेश)-मा उत्खनन (१०००-७५० इसापूर्व)-को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । जंगली धान पहिला [[बंगलादेश]], [[आसाम]], [[उड़िसा|उडिसा]] र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), [[अष्ट्रेलिया]], [[संयुक्त राज्य अमेरिका]] अनि [[स्पेन]], [[इटाली]] र [[फ्रान्स]]जस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।
Line २० ⟶ २२:
ओरिजाका २० परिचित प्रजाति छन्, तर ओरिजा सेटिभा र ओरिजा ग्लाबेरिमा मात्र उब्जाउ गरिन्छ। ओरिजा सेटिभा एसियामा उत्पादन गरिन्छ भने ओरिजा ग्लाबेरिमा अफ्रिकामा उब्जाउ गरिन्छ। ओरिजा पेरिनिस नामक एक जंगली धानबाट ओरिजा सेटिभा विकास भएको हुनसक्छ। ओरिजा रूफिपोगोन नामक प्रजाति एसियाली बाह्रमासे प्रकारको हो भने ओरिजा निभारा एकवर्षे बाली हो। ओरिजा ग्लाबेरिमा सुडान वा पश्चिम अफ्रिकाको कुनै ठाउँमा ओरिजा ब्रेभिलीगुलाटा वा ओरिजा ब्राथी नामक प्रजातिबाट विकास भएको हुनसक्छ।
 
==क्षेत्र तथा वितरण ==
 
धान सिक्किमको एक महत्त्वपूर्ण खाद्यान्न बाली हो। कम्ती पानी भएको गरम तथा चिसो जलवायुमा सिक्किमको सबै ठाउँमा यसको खेती गरिन्छ। करिब १४.१५ हजार हेक्टर इलाकामा यसको उब्जनी गरिन्छ। धानको उत्पादन २००५-०६मा २२.६९ हजार टन र २००६-०७मा २१.४५ हजार टन भएको थियो। विशेष खाद्यान्न उत्पादन कार्यक्रम (एसएफपीपी) र विशेष धान विकास कार्यक्रम (एसआरपीपी)-लाई असरदार ढंगमा लागू गरेर यो उत्पादन बढाउन सकिन्छ। सिक्किममा धानको वितरण निम्नअनुसार दिइएको छ:
"https://ne.wikipedia.org/wiki/धान" बाट अनुप्रेषित