"पुराण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
| [[अग्नि पुराण]] || १५,४०० श्लोकहरू || अग्निलार्इ मूल प्रतिपाद्य विषय बनाइएको यस पुराणमा शिवस्वरूपको विशेष वर्णन गरिएको पाइन्छ । यस अतिरिक्त विभिन्न ऋषिमहर्षिद्वारा स्थापित मान्यता र अग्निका सम्बन्धमा पनि यसमा चर्चा गरिएको पाइन्छ । यसमा रहेको व्यापक दृष्टि र ज्ञान भण्डारका कारण यस पुराणको आफ्नै किसिमको विशेष महत्त्व रहेको छ । यसमा विशेषतः दशावतार, सृष्टि, मन्त्रशास्त्र, वास्तुशास्त्र, भूगोल, राजनीति, दुर्ग, धनुर्वेद, आयुर्वेद, छन्दशास्त्र, अलङ्रकारशास्त्र, व्याकरण तथा कोश जस्ता विषयहरू अन्तर्वस्तुका रूपमा आएका छन् । यसको पारायण ५/६ दिनमा गर्ने विधान छ । <ref name="">गुरागाइँ, कृष्णप्रसाद (२०६६), पुर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँ: विद्यार्थी प्रकाशन प्रा.लि.</ref>
|-
| [[श्रीमद्भागवत् पुराण|भागवत् पुराण]] || १८,००० श्लोकहरू || याे पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।यसकाे प्रमुख वर्ण्य विषय भक्तियाेग हाे । याे अन्य सबै पुराणकाे निचाेड हाे । यसलार्इ पूर्वीय वाङ्मयकाे मुकुटका रूपमा लिइन्छ । यस महापुराणका लेखक वेदव्यास हुन् । यसका वक्ता बालयाेगी शुकदेव स्वामी हुन् । यसमा बाह्र स्कन्ध छन् । प्रथमस्कन्धमा भक्ति, ज्ञान, वैराग्यकाे वर्णन; द्वितीयस्कन्धमा ब्रह्माण्डकाे उत्पत्ति; तृतीयस्कन्धमा उद्धवद्वारा श्रीकृष्णका बाल चरित्रकाे अध्ययन; चतुर्थस्कन्धमा ध्रुव एवं पृथु चरित्र; पञ्चमस्कन्धमा समुद्र, पर्वत, नदी, पाताल, नरक अादिकाे स्थिति; षष्ठस्कन्धमा देवता, मनुष्य, पशु, पक्षि अादिका जन्मकाे कथा; सप्तमस्कन्धमा हिरण्य कशिपु, हिरण्याक्ष एवं प्रह्लादकाे कथा; अष्टमस्कन्धमा गजेन्द्रमाेक्ष, मनवन्तर र वामन अवतारकाे कथा; नवमस्कन्धमा राजवंश वर्णन र वामन अवतारकाे कथा; दशमस्कन्धमा श्रीकृष्णलीला वर्णन; एकादशस्कन्धमा यदुवंश संहार वर्णन र द्वादशस्कन्धमा विभिन्न युग, प्रलय तथा भगवान्का उप अङ्गहरूकाे वर्णन गरिएकाे पाइन्छ ।</ref>[http://www.hi.wikipedia.org/wiki/भागवत_पुराण ] यसकाे अनुष्ठान-समय सात दिन हाे यसलार्इ (सप्ताह लगाइने) भनिन्छ । <ref>{{Harvnb|Monier-Williams|1899|p=752}}, column 3, under the entry ''Bhagavata.''</ref> भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएकाे यस पुराणलार्इ[[भक्ति आन्दोलन]]काे संज्ञा दिन पनि सकिन्छ ।<ref>{{Harvnb|Hardy|2001}}</ref>
यसकाे अनुष्ठान-समय सात दिन हाे यसलार्इ (सप्ताह लगाइने) भनिन्छ । <ref>{{Harvnb|Monier-Williams|1899|p=752}}, column 3, under the entry ''Bhagavata.''</ref> भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएकाे यस पुराणलार्इ[[भक्ति आन्दोलन]]काे संज्ञा दिन पनि सकिन्छ ।<ref>{{Harvnb|Hardy|2001}}</ref>
|-
| [[भविष्य पुराण]] || १४,५०० श्लोकहरू || यसमा भविष्यमा हुने कलि-धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरू यस पुराणभित्र पाइन्छन् । एक शब्द यसलार्इ '''वातावरणीय पुराण''' भन्न सकिन्छ । यसको अनुष्ठान समय ७ अथवा ९ दिन हो । <ref name="">गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा.लि.</ref>
"https://ne.wikipedia.org/wiki/पुराण" बाट अनुप्रेषित