"श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
श्रीलंका राष्ट्रिय क्रिकेट टिम श्रीलंकाको राष्ट्रिय क्रिकेट टिम हो । यस टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट म्याच सन् १९२६-२७ मा खेलेको थियो । सन् १९८१ मा श्रीलंकाले टेस्ट राष्ट्रको दर्जा प्राप्त गरेपछि उसलाई टेस्ट खेल्ने राष्ट्रको सुचिमा ८औ राष्ट्र बनाएको हो ।
श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमले सन् १९९६ को एकदिवसीय विश्वकप जिते पश्चात उसको क्रिकेट खेलमा वृद्धि गरेको छ । सन् १९९० को दशकमा उसले सुरुवाती सफलता प्राप्त गरेको थियो, त्यसपछि श्रीलंका राष्ट्रिय क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो टिमको रुपमा चिनिने गरेको छ । श्रीलंका क्रिकेट टिमले सन् २००७ र २०११ को एकदिवसीय क्रिकेट विश्वकपमा लगातार फाइनलमा पुग्न सफल भएको छ । तर उसले दुवै अवसरमा उप-बिजेताको रुपमा चित बुझाएको छ । श्रीलंकाको तर्फबाट सनथ जयसूर्या, अरविंद डिसिल्वा, माहेला जयवर्धने र कुमार संगकाराको ब्याटिंग तथा मुथैया मुरलीधरन, चामिंडा वास र लासिथ मलिंगाको बलिंगले टिमलाई बलियो रुपमा चिनिने गरेको छ , हाल आएर अन्य प्रतिभाशाली क्रिकेटरले बितेको दुई दशकमा यिनीहरुको स्थान लिंदै आएको छ ।
श्रीलंकाले सन् १९९६ को एकदिवसीय क्रिकेट विश्व कप जितेको छ भने सन् २००२ मा भएको आईसिसी च्याम्पियन्स ट्रफी (भारत संगै च्याम्पियन), सन् २००७ र सन् २०११ को एकदिवसीय क्रिकेट विश्व कपमा लगातार दोश्रो स्थान प्राप्त गरेको छ , र सन् २००९ र २०१२ को आईसिसी वर्ल्ड टि-ट्वान्टीमा पनि दोश्रो स्थान प्राप्त गरेको छ । श्रीलंका क्रिकेट टिमले वर्तमानमा क्रिकेटको सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्दै कयों विश्व रेकर्ड कायम गरेको छ । .सन २०१४ मा बंगलादेशमा भएको ICC world champain को उपाधी चुम्न सफल भएका श्रीलंकाले फाइनलमा भारतलाई हराएको थियो ।
 
 
 
==सन्दर्भ सामाग्री==