"पारिस्थितिक प्रणाली" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्धलाई...
(कुनै भिन्नता छैन)

२२:०६, २३ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्धलाई नै पारिस्थितिक पद्धति भनिन्छ । पारिस्थितिक पद्धतिलाई अंग्रेजीमा Ecosystem/इकोसिस्टम भनिन्छ । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्वहरुबीच शक्ती र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रुपमा अन्य तत्वहरुमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।
जीवजन्तूहरुको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :

  1. पानीमा हुने वा जलिय पारिस्थितिक पद्धति
  2. जमिनमा हुने वा स्थलिय पारिस्थितिक पद्धति