"नाइट्रोजन चक्र" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: नाइट्रोजनको प्रमुख स्रोत वायुमण्डल हो । विभिन्न प्रक्रियाह...
(कुनै भिन्नता छैन)

२१:२२, २३ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

नाइट्रोजनको प्रमुख स्रोत वायुमण्डल हो । विभिन्न प्रक्रियाहरुद्वारा यसलाई वनस्पति तथा जन्तुहरुले लिन सक्ने अवस्थामा सिर्जना हुन्छ । विजुली चम्कँदा निस्कने तापले गर्दा वायुमण्डलको नाइट्रोजन र अक्सिजन मिलि नाइट्रस र नाइटृक अक्साइड बन्दछ्न् । यि पदार्थहरु वर्षा हुँदा पानीसित घोलिई नाइट्रस र नाइटृक अम्लहरु बन्दछ्न् । यि अम्लहरु माटोमा पुगेपछी माटोमा रहेका लवणहरुसित मिलि नाइट्रेट बन्दछ्न् । नाइट्रोजन फिक्सिङ ब्याक्टेरियाहरुले वायुमण्डलिय नाइट्रोजनलाई नाइट्रेटमा परिवर्तन गर्दछ्न् । जुन वनस्पतिहरुले जराद्वारा सोसि प्रयोगमा ल्याउछ्न् । त्यसपछी बोटबिरूवाहरुले नाइट्रेटलाई एमोनियामा परिणत गर्दछ्न् जुन वायुमण्डलमा मिल्दछ । डिनाइटृफाइड ब्याक्टेरियाहरुले माटोमा भएको नाइट्रेटलाई वायुमण्डलिय नाइट्रोजनमा बदल्छ्न् । यस प्रक्रियालाई डिनाइट्रीकरण भनिन्छ । यसरी प्रकृतिमा नाइट्रोजन चक्र चलिरहेको हुन्छ ।