"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Earthquakes}}
पङ्क्ति १२:
== नेपालमा भूकम्प ==
नेपालमा भूकम्प जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भूकम्पका तरंगहरूको चारैतिर प्रसारण हुन थाल्छ। भूकम्पले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ।
काठमाडौँदेखि पूर्वको क्षेत्रमा गएका ठूला भूकम्पमा विसं [[१९९०को महाभूकम्प]] (८.२ रेक्टर), विसं २०४५को उदयपुर केन्द्रविन्दु रहेको भूकम्प (६.५ रेक्टर) हुन् भने त्यसपछिका भूकम्पमा असोज एक गते आइतबार गएको भूकम्प (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भूकम्पहरू दिनहुँ गइराखेका हुन्छन्। असोज एक गते गएको भूकम्प विसं २०४५मा गएको भूकम्पभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभूकम्पबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भूकम्पबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने असोज १को भूकम्पबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको छ।
 
== नेपालमा ठूला भुकम्पहरू ==
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित