"धादिङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
* सदरमुकाम: धादिङबेंसी (६४० मिटर)
 
पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्। धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ। न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ। त्यसैगरी त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला लगायत पश्चिममा बगेको बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन्। नेपालका चर्चित टारहरूमध्येको एक टार [[सल्यानटार, धादिङ|सल्यानटार]] बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ। त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, बाहुनटार, विशालटार ,रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन।
 
त्रिशुली नदी, आँखु नदीखोला, थोप्पल खोला, आँसी खोला, कोशी खोला, महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन्। त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ।
 
धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ। होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरूमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ।
"https://ne.wikipedia.org/wiki/धादिङ_जिल्ला" बाट अनुप्रेषित