"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५१:
== नदीनालाहरू ==
[[File:Lubhu.jpg|thumb|200px|right|[[सुनकोशी नदी]]को किनारमा रहेको लुभु गाउँ]]
रामेछाप जिल्ला दुवैतिर ठूला नदीले घेरिएको जिल्ला हो। रामेछापको ओखलढुंगा र सोलुखुम्बूसँगको सीमा (लिखु) वा [[लिकु]] खोलाले छुट्टाएको छ भने दोलखा, सिन्धुली र काभ्रेपलाञ्चोकसँगको सीमा क्षेत्रमा खिम्ती, तामाकोसी, सुनसकोसी, चौरीजस्ता खोलाले सीमाको काम गरेका छन्। रामेछापमा तामाकोसी, सुनकोसी, लिखु, खिम्तीजस्ता ठूला नदी पर्दछन् भने चौरी, मिल्ती, भटौली, बाफर, चुलुपे, खानीखोला, दोर्जे खोला, सोत्रे खोला, चौलाखोलाजस्ता मध्यम नदीहरू पनि पर्दछन्। पानीको हिसाव गर्दा रामेछापमा विद्यूत उत्पादनको बलियो सम्भावना रहेको छ। हाल ६० मेगावाटको खिम्ती-१ निर्माण भइसकेको छ। रामेछापमा रहेका नदी तथा खेलाहरूमा विद्युत गृह निर्माणका लागि दर्जन बढी परियोजना प्रस्तावित अवस्थामा रहेका छन्। यस जिल्लामा साना तथा ठूला विद्युत परियोजना सञ्चालन गर्न सकिने प्रचुर सम्भावनाहरू रहेका छन्। लिखु १, २, ३ र ४ जस्ता परियोजनाहरूको काम धमाधम भइरहेको छ। २०५८को तथ्याङ्क हेर्ने हो भने रामेछापका ७ प्रतिशत जनताले मात्र विद्युत प्रयोग गरेको पाइन्छ। यद्यपि अहिले यसमा केही परिवर्तन आइसकेको छ।
 
== खनिज पदार्थहरू ==