"फोर्ब्स" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox magazine | title = फोर्ब्स | logo = Forbes_logo.svg | logo_size = 200px | image_file = Forbes (magazine) cove...
(कुनै भिन्नता छैन)

११:३२, १७ सेप्टेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

फोर्ब्स इन्कोर्पोरेसन एउटा निजी स्वामित्व भएको प्रकाशन तथा मीडिया कम्पनी हो । जसको प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जसको खपत सन् २०१४ अनुसार १० लाख भन्दा बढी रहेको छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गर्दछ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो रिपोर्ट जारि गर्दछ । यसको प्रधान कार्यालय न्यूयोर्क शहरमा रहेको छ । सन् २००६ अगस्तमा निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जसले फोर्ब्स पत्रिका र वेबसाइटमा अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य पुंजीवादी उपकरण रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक स्टिभ फोर्ब्स रहेका छन् भने यसको कार्यकारी अधिकृत माइक पर्लिस रहेका छन् ।

फोर्ब्स
फोर्ब्सको मुख्य पृष्ठमा जुलियन असान्ज सन् २०१० मा
प्रधान सम्पादकस्टिभ फोर्ब्स
सम्पादकरयान्डल लेन[१]
श्रेणीमुद्रा
आवृतिद्वि-साप्ताहिक
कुल वितरण
(२०१३)
९,३१,५५८[२]
पहिलो अङ्क१९१७
कम्पनीफोर्ब्स, इन्कोर्पोरेसन
देशसंयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्यूयोर्क शहर
भाषाअंग्रेजी
वेबसाइटwww.forbes.com
आइएसएसएन००१५-६९१४

कम्पनीको अन्य प्रकासनहरुमा फोर्ब्स एशिया, फोर्ब्स लाइफ र फोर्ब्स वुमन पत्रिकाहरू रहेका छन् । यस बाहेक फोर्ब्सको चीन, क्रोएशिया, भारत, इन्डोनेशिया, इजरायल, कोरिया, पोल्याण्ड, रोमानिया, रूसटर्कीमा १० स्थानीय भाषाको लाइसेन्सधारी संस्करण रहेको छ । फोर्ब्स,फोर्ब्स एशिया र कम्पनीको दश अन्तर्राष्ट्रिय लाइसेन्सधारी संस्करण एकै साथ ६० लाख भन्दा अधिक पाठकहरुको सम्म पुग्दछ ।

सन्दर्भ सामाग्री

  1. Randall Lane returns to Forbes as editor
  2. "Consumer Magazines", Alliance for Audited Media, अन्तिम पहुँच फेब्रुअरी १०, २०१४ 

बाह्य लिंकहरू