"मानव निर्मित नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
| notes =
}}
'''मानव निर्मित विश्वको सबैभन्दा ठुलो झण्डा''' बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस [[नेपालको झण्डा|राष्ट्रिय झण्डा]]मा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टुँडीखेलनै झण्डा जस्तो देखिएको थियो । यस भन्दा पहिले [[पाकिस्तान]]ले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ वर्ल्डमा आफनो नाम लेखाएको थियो । पाकिस्तानको सो रेकर्डलाई तोडदै राष्ट्रको नाम उँचो गराउन [[काठमाडौं]] टुँडीखेलमा भाद्र ७ यस अभियानलाई संचालन गर्ने शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो ।<ref name=अनलाइनखबर>{{cite news|title=बिश्व कीर्तिमान राख्न ३५ हजार नेपाली भेला भएर मानव झण्डा बनाए|url=http://www.onlinekhabar.com/2014/08/182135/|accessdate=भाद्र ७,२०७१|agency=अनलाइन|publisher=अनलाइनखबर}}</ref> उनीहरुले एकैसाथ राष्ट्रिय झण्डामा प्रयोग हुने रंगले पोतिएका प्लेकार्ड आफ्नो शिर माथी राखेर मानव निर्मित झण्डा बनाए । जब सहभागीले प्लेकार्ड आफ्नो शिर माथी राखे, त्यति बेला केही परबाट हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकृति प्रष्टसंग देख्न सकिन्थ्यो । दृश्य निकै सुन्दर र अद्भूत थियो । यो किर्तिमान राख्नका लागि काठमाडौं उपत्यका सहित देशका बिभिन्न क्षेत्रबाट सहभागीहरु टुँडीखेल पुगेका थिए । नेपालको झण्डालाई बिश्वभर चिनाउने अभियानमा सहभागी सर्वसाधारण निकै उत्साही थिए । संसारकै ठूलो मानव निर्मित झण्डा बनाएपनि यसको आधिकारिक पुष्टिका लागि भने केही समय कुर्नु पर्ने छ । मानव र्निमित झण्डाको पुष्टिका लागि गिनिज बुक अफ द वल्र्ड रेकर्डको टिमले यो झण्डाको भिडियो हेरेरै मात्र तय गर्नेछ । जसको लागि लगभग ८ हप्ताको समय लाग्नेछ ।<ref name=ilekh.com>{{cite news|title=Attempt to make Worlds largest Human Flag by Nepal|url=http://ilekh.com/society/646/attempt-make-worlds-largest-human-flag-nepal/|accessdate=24 August 2014|publisher=ilekh.com}}</ref>
 
''नेपालको झण्डा मात्रै विश्वको यस्तो एकमात्र झण्डा हो जसको आकार त्रिकोण छ ।''
 
==चित्र दीर्घा==
<gallery>
Image:Human Flag In Nepal.JPG|मानव निर्मित नेपालको झण्डा
</gallery>
 
{{Panorama
|image = File:Panoramic Human Flag.jpg
|height = 300
|alt =Panoramic Human Flag
|caption = प्यानोरेमिक नेपालको मानव निर्मित झण्डा
}}
 
==सन्दर्भ सामग्रीहरू==