"शम्भुप्रसाद ज्ञवाली" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''शम्भुप्रसाद ज्ञवाली''' नेपालका पूर्व महान्यायाधिवक्ता हुनुह...
(कुनै भिन्नता छैन)

२२:०१, ३० अगस्ट २०१४ जस्तै गरी पुनरावलोकन

शम्भुप्रसाद ज्ञवाली नेपालका पूर्व महान्यायाधिवक्ता हुनुहुन्छ । कानुनी व्यवस्था भएपछि नियुक्त भएकाले ज्ञवालीलाई नेपालको पहिलो भन्ने पनि गरिन्छ ।

नियुक्ति ‍‍

प्रधान न्यायालय ऐन, २००८ लाई खारेज गरी जारी भएको सर्वोच्च अदालत ऐन, २०१३ मा महान्यायाधिवक्तासम्बन्धी कुनै व्यवस्था गरिएको थिएन । सर्वोच्च अदालत खडा भएको केही समयपछि अदालतमा महत्वपूर्ण संवैधानिक विवाद पर्न आएको र सरकारका तर्फबाट बहस एवं प्रतिरक्षा गर्नुपर्ने भएकोले सर्वोच्च अदालत ऐन, २०१३ को दफा २१ ले प्रदान गरेको अधिकार प्रयोग गरी गृह मन्त्रालयबाट २०१३ साल श्रावण १ गतेको राजपत्रमा प्रकाशित सूचनाबाट सरकारलाई सरोकार पर्ने मुद्दा मामिलामा आवश्यकतानुसार गभर्मेण्ट एडभोकेटले सर्वोच्च अदालतलगायत नेपालको जुनसुकै अड्डा अदालतमा हाजिर भई बहस पैरवी गर्ने कानूनी व्यवस्था गरियो । सोही कानूनी व्यवस्था अनुसार ज्ञवालीलाई २०१३ श्रावणमा गभर्मेण्ट एडभोकेटको पदमा नियुक्त गरियो । नेपाल अधिराज्यको संविधान, २०१५ मा पनि महान्यायाधिवक्तासम्बन्धी व्यवस्था नभएकाले २०१६ साल भाद्र २२ को राजपत्रमा प्रकाशित २०१६ साल भाद्र ९ को कार्यकारिणी निर्णय बमोजिम पुनः ज्ञवालीलाई महान्यायाधिवक्ताको पदमा नियुक्त गरियो ।

प्रकाशित कृतिहरू

१) संयुक्तराष्ट्र संघ सेमिनार (वि.सं. २०१७) २) कानूनको व्याख्या (वि.सं. २०१८) ३) नेपालमा मानव अधिकार र त्यसको संरक्षण (वि.सं. २०२५) ४) हाम्रो शिक्षा सम्बन्धी कानूनी व्यवस्था (वि.सं. २०१४) ५) जीवन र कानून (वि.सं. २०३८) ६) व्यक्ति र बिचार (वि.सं. २०५५)

बाहिरी लिङ्कहरू